१८ नोभेम्बर, २००८
नयाँ फुटबल मैदानमा महिला टोली छनोट गरी प्रशिक्षण दिइने
धन बस्नेत/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा,३ मंसिर/मोफसलमा फुटबलको विकास गर्ने उद्देश्यसहित कास्की जिल्ला फुटबल संघले १२ र १४ वर्षमुनि तथा महिला फुटबल टोली बनाउने योजना बुनेको छ । पोखरा रंगशालाभित्र नव निर्मित फुटबल मैदानसँगै संघले फुटबलको विकास र विस्तार गर्न एकेडेमीकै रुपमा प्रशिक्षण शुरु गर्ने लक्ष्य लिएको छ । संघको सक्रियतामा झण्डै सात रुपियाँ खर्चमा नयाँ फुटबल मैदान निर्माण गरिएको छ । नयाँ फुटबल मैदानमा गोलपोष्ट गाडेपछि मंसिर मसान्तभित्रैमा बाल तथा महिला खेलाडी छनोट गरी नियमित प्रशिक्षण दिइने संघका अध्यक्ष खेमबहादुर गुरुङले बताउनुभयो । मोफसलमा फुटबलको विकास गर्ने अभियानसहित संघले मंसिरभित्रमा तीन टोली छनोट गरी नियमित प्रशिक्षण दिने योजना बनाएका छों । उहाँले भन्नुभयो-संघको बैठकले यसको निर्णयगरिसकेको छ ।

यु १२ र १४ तथा महिला फुटबल टोलीको लागि संघले र्सार्वजनिक सूचना नै जारी गरी प्रशिक्षणको लागि आमन्त्रण गर्ने उहाँले जानकारी दिनुभयो । यु १२ र १४ उमेर समुहमा २२/२२ जना खेलाडी छनोट गरिने अध्यक्ष गुरुङले बताउनुभयो । महिला टोलीमा १६ जना खेलाडी छनोट गरी नियमित प्रशिक्षण दिइने छ । खेलाडीको प्रशिक्षणको लागि एन्फाले दुई जना प्रशिक्षण राखेर प्रशिक्षण दिइने संघले जनाएको छ । संघका अनुसार एन्फाका प्रशिक्षक पुष्प केसीसहित अर्का एकजना थप प्रशिक्षक व्यवस्था गरी आलोपालो प्रशिक्षण गराउने उहाँले जानकारी दिनुभयो । नियमित प्रशिक्षणको लागि संघले १५ वटा बल समेत दिएको छ । छनोट गरिएको खेलाडीको उचित शिक्षादिक्षाको समेत व्यवस्था संघले गर्ने जनाएको छ । खेलाडी पढ्ने विद्यालयको शुल्कसम्म संघले तिर्ने छ । अध्यक्ष गुरुङले भन्नुभयो । संघले खेलाडीको शुल्क तिर्नको लागि आवश्यक प्रायोजन समेत खोजी गरिरहेको छ । व्यक्ति तथा प्रतिष्ठानलाई खेलाडीको प्रायोजन गर्न आहृवान गरेका छौ. । उहाँले भन्नुभयो । खेलाडीको नियमित प्रशिक्षणको लागि संघले विभिन्न गतिविधि सञ्चालन गरी आर्थिक संकलन गर्ने समेत उहाँले बताउनुभयो ।


Post your comments here
समाचार
काठमाडौँ, २२ पुस । नेपालमा सन् २०११ सम्ममा १० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य साकार पार्न बन्द, चक्काजाम, हडतालजस्ता गतिविधि अन्त्य गरी दिगो शान्तिसुरक्षा कायम गर्नुपर्नेमा जोड दिइएको छ ।
काठमाडौँ, २२ पुस । अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले सरकारले बजारमा भइरहेको अनियन्त्रित मूल्यवृद्धि रोक्न कडा कदम चाल्ने सङ्केत गर्नुभएको छ । नेपाल राष्ट्र बैङ्कको आज निरीक्षण भ्रमणका क्रममा बैङ्क अधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री भट्टर्राईले यस्तो सङ्केत गर्नुभएको हो ।
भैरहवा, २२ पुस । नेकपा(माओवादी) का नेता मातृका यादवले मधेसप्रति माओवादी पार्टीनै स्पष्ट नभएको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता यादवले माओवादीको भनाइ र गराइ फरक रहेको बताउनुभयो ।
नयाँदिल्ली, २२ पुस । प्रधानमन्त्री मनमोहन सिंहले औद्योगिक नगर मुर्म्बईमा गत नोभेम्बरमा भएको आतङ्कवादी हमलामा पाकिस्तानको सरकारी निकायले सहयोग गरेको दाबी गरेका छन् ।
काठमाडौं, पुस २२ / राष्ट्र बैंक गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।  समितिको मंगलबारको बैठकले दीपेन्द्रबहादुर क्षेत्री, श्रीराम पौड्याल र वीरविक्रम रायमाझीको नाम  सिफारिस निर्णय गरेको स्रोतले जानकारी दिएको छ। 
काठमाडौं, पुस २२ /  तत्कालीन राजा ज्ञानेन्द्रको नारायणहिटीस्थित सचिवालयलाई छिट्टै परराष्ट्रमन्त्रीको कार्यकक्षमा रूपान्तरण गरिने भएको छ।