पोखरा, ३ मंसिर/आहा गोल्डकपपछिको महत्वपुर्ण फुटबल प्रतियोगिता कास्की जिल्ला अन्तरक्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता यसै मंसिर तेस्रो साता आयोजना गरिने भएको छ । फुटबल क्षेत्रमा देखिएको खडेरी मेटाउन एन्फाले स्व बलराम स्मृति अन्तरक्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगितालाई निरन्तरता दिने भएको हो । मंसिर २१ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने एन्फाको बैठकले निर्णय गरेपछि प्रतियोगिताको तयारी शुरु गरिएको छ । मोफसलमा खेलाडी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लिग फुटबलमा पोखराका १८ टोलीको सहभागिता रहने विश्वास गरिएको छ । पोखरा रंगशालाभित्रको फुटबल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेतलाई ३० हजार र उपविजेतलाई २० हजार रुपियाँ २० हजार रुपियाँ प्रदान गरिने छ । प्रथम पुरस्कारको प्रायोजन स्व बलराम स्मृति प्रतिष्ठानले गरेको एन्फा कास्कीले जनाएको छ ।
लिगकम नकाउट फुटबल प्रतियोगित सञ्चालन गर्न केन्द्रबाट कुनै सहयोग नआएको गुनासो अध्यक्ष गुरुङले गर्नुभएको छ । केन्द्रमा फुटबलमा देखिएको विवादले मोफसलको फुटबल गतिविध्रि्रति चासो नदिएको आरोप उहाँले लगाउनुभयो । लिग फुटबल गराउन केन्द्रले सहयोग दिएको छैन् । उहाँले भन्नुभयो-अघिल्ला वर्षरुमा भने दिएको थियो । फुटबल प्रतियोगिताको लागि संघले मैदानको मर्मत सम्भार थालेको छ । दुईसाताभन्दा बढी चल्ने लिग फुटबलको लागि झण्डै साढे दुई लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गतवर्षो दोस्रो सस्करण सहारा क्लबलाई पराजित गर्दै गार्डेन फुटबल क्लब फुलबारीले जितेको थियो भने पहिलो सस्करण सहाराको पोल्टामा परेको थियो । पोखराबाट धन बस्नेत मंसिर ३ गते

