४ मङ्सिर,बेइजिङ/ ओलम्पिक खेलकुदका टिकटहरूलाई बढी मूल्य लिएर बेचेका दुइ व्यक्तिलाई कारावास सजाय र कुल एक लाख ३१ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। चाइना डेलीका अनुसार हे योङसोङ र फु शिइ गुयोलाई क्रमशः ३० र १८ महिना लामो कारावास सजाय दिइएको छ। योङसोङले दुइवटा कम्पनीका लागि परल मूल्यभन्दा ५०-६० प्रतिशत बढीमा ओलम्पिक खेल हेर्ने टिकट किनिदिन सहमति जनाएका थिए। स्रोतहरु