पोखरा, ५ मंसिर/ त्यसै गरि पोखरामा १९ औ अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर राष्ट्रिय बाल प्रतिभा पुरस्कार सिपोरा गुरुङ्गलाई प्रदान गरीएको छ । गुरुङ्गलाई नेपाल सरकारका महान्याधिवक्ता रागबलाल वैद्यले नगद १५ हजार र ताम्रपत्रले सम्मान गर्नु भयो । पुरस्कारको साहित्यकार सरुभक्तले स्थापना र कुमुदिनि होम्स् उच्च माविको सञ्चालन एंव व्यवस्थापनमा प्रत्यक बर्षप्रदान गरिदै आएको छ । गुरुङ्गलाई भलिवल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सहभागीती भै विभिन्न प्रदक दिलाउन सफल भएको भन्दै सो पुरस्कार प्रदान गरीएको हो । सिपोरा गुरुङ्गले १० औ साफ खेलकुद प्रतियोगितामा भाग लिइ तेस्रो स्थान ल्याउन ल्याउन , विभिन्न स्थानीय र राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएकी छन् । राष्ट्रिय बाल प्रतिभा पुरस्कारबाट अरुणा गुरुङ्ग , शिखा कटुवाल, रितु लामा, ज्योति थापा, तेम्वा छिरिङ सम्मानीत भैसकेका छन् ।

