२२ नोभेम्बर, २००८
अनिल र मन्जुलाई वर्षखेलाडीबाट सम्मानित
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ६ मंसिर/कास्की जिल्ला खेलकुद विकास समितिले अनिल गुरुङ र मन्जु गुरुङलाई कास्की जिल्ला वर्षखेलाडीबाट सम्मानित गरेको छ । पोखरा रंगशालामा शुक्रबार आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गोपाल शाक्यले जनही ३०/३० हजार रुपियाँसहित सम्मानपत्रबाट सम्मानित गर्नुभएको थियो ।
 खेलकुदको माध्यमबाट पोखरालाई परिचित गराउन महत्वपुर्ण योगदान पुर्‍याएको भन्दै कास्की जिल्ला खेलकुद विकास समितिले पुरुष तर्फफुटबलका राष्ट्रिय खेलाडी अनिल गुरुङ र महिला तर्फभलिबलकी राष्ट्रिय खेलाडी मन्जु गुरुङलाई वर्षखेलाडीबाट सम्मानित गरिएकेा हो ।ँ
 सहारा एकेडेमीबाट फुटबल क्यारियर प्रारम्भ गरेका अनिलले २०६१ मा व्रि्रेड व्वाइजबाट ए डिभिजन लिगमा आफुलाई उपस्थित गराएका थिए । २०६२ सालमा नविल थ्रीस्टार र २०६३ सालमा मनाङ मर्स्याङदीबाट व्यवसायिक फुटबल खेलेका थिए । श्रींलकामा १० औं साग फुटबल प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउँदा अनिल महत्वपुर्ण सदस्यको रुपमा रहेका थिए । सागमा उत्कृष्ट खेल पर््रदर्शन गरेेका उनलाई एन्फाले ५० हजार नगदसहित सम्मान गरेको थियो ।
 २०६३ सालको ए डिभिजन लिग फुटबल प्रतियोगितामा र्सवाधिक गोलकर्ताको रुपमा आफुलाई उपस्थित गराएका अनिलले मोटरसाइकल प्राप्त गरेका थिए । अहिले उनी न्युरोड टिम(एनआरटी)सित आवद्ध छन् । उता ज्ञानुबाबा आवासिय विद्यालयबाट भलिबल खेल प्रारम्भ गरेकी मन्जु गुरुङको खेलकुद क्यारियर पनि उत्कृष्ट छ । २०६३ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रथम स्थान र काठमाडौंमा २०६४ सालमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोतिगामा पनि पश्चिमाञ्चल क्षेत्रलाई उपाधि दिलाउँदा उनी टोलीको महत्वपुर्ण सदस्य रुपमा थिइन् । त्यस्तै दशौं सागमा महिला भलिबल तर्फकास्य पदक जित्दा उनको भूमिका महत्वपर्ूण्ा थियो । उनलाई २०६३ सालमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले भलिबल तर्फउत्कृष्ट खेलाडीबाट सम्मानित गरेको थियो ।
 यसैगरी सोही अवसरमा साग तथा एशियन खेलकुदमा पदक विजेता २६ जना खेलाडीलाई सम्मान गरिएको थियो । भलिबल तर्फसिपोरा गुरुङ, लक्ष्मी गुरुङ, यकिना गुरुङ, बलराम क्षत्री, हर्रि्रसाद पराजुली, देवीप्रसाद सुवेदी त्यस्तै फुटबल तर्फकृष्ण थापा, डम्बरसिंह गुरुङ, पुष्प केसी, विजय गुरुङ, बसन्त गौचन र विसन गौचनलाई सम्मान गरिएको थियो । यसैगरी भुषण बज्रचार्य, विरेन्द्र विक(उसु), आनन्द कुवँर(पौडी), गोपबहादुर अधिकारी(एथलेटिक्स), खड्गबहादुर रानाभाट(एथलेटिक्स), कबडी तर्फक्रमश मनमाया पुन, मीरा मोक्तान, गंगा गुरुङ, बक्सिङतर्फचित्रबहादुर गुरुङ, गणेशबहादुर भट्टर्राई, सुरेश मल्ल, तेक्वान्दो तर्फसपना मल्ल, हरिश्वर पोखरेल, नारायणी थापा(एथलेटिक्स)लाई सम्मानित गरिएको थियो भने विशेष सम्मानबाट कराँते खेलाडी फत्तबहादुरलाई सम्मान गरिएको थियो ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....