२४ नोभेम्बर, २००८
पोखरामा टेनिसबल क्रिकेट प्रतियोगिता शुरु
धन बस्नेत/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ८ मंसिर/पोखरामा पहिलो पटक साग स्तरीय नेपाल गोल्डकप मिनि एशियन टेनिस बल क्रिकेट च्याम्पियसिप आइतबारदेखि पोखरामा शुरु भएको छ । पोखराको नदीपुरस्थित नगरप्रशिक्षणको खेलमैदानमा शुरुभएको उक्त प्रतियोगितामा नेपालको सांग्रिला क्रिकेट एकेडेमीले भारत विरुद्ध ४१ रनको जित दर्ता गरेको छ । नेपाली टोलीले एक बल बाँकी छदाँ ६४ रन बनाउँदै अलआउट बनेको थियो । टस जितेर व्याटिङ गरेको नेपाली टोलीका आकाश गुप्ताले र्सवाधिक १० रन बनाउँदा अन्य व्याट्स म्यान सस्तैमा समेटिएका थिए । गुप्ता छक्का हान्दै आउट भएका थिए । पहिलो अनुभव सँगालेका नेपाली खेलाडीले आपसी असझदारीले अधिकांश विकेट सस्तैमा रनआउट भएका थिए ।


भारतका लागि तसलिनले २ विकेट लिएका थिए । ६५ रनको लक्ष्य दिएको भारतीय टोली केवल ९ ओभरमा २२ रनमै समेटिदाँ नेपाली टोलीले ४१ रनको विजयी हासिल गर्दै महत्वपुर्ण तीन अंक जोडेको छ । ९ ओभर खेल्ने क्रममा भारतीय टोलीबाट र्सवाधिक रन भने रिन्कुको नाममा ६ रन थियो । रनआउट हुदैं पवेलियन र्फकने क्रमले निरन्तरता पाएपछि नेपाली टोलीले सहज विजय हासिल गरेको हो । नेपाली टोलीका लागि थुप्रिन र शिवले क्रमश दुई र एक विकेट लिएका थिए । यसैगरी दोस्रो खेलमा बंगलादेशले श्रीलंकामाथि सहज जितको परिणाम निकालेको छ । व्याटिङ गर्न मैदानमा ओर्लिएको बंगलादेशी टोलीले पहिलो तेस्रो ओभरमै सनसनीपुर्ण ३५ रन बनाउँदा श्रीलंकाली बलर फिक्का बनेका थिए । बंगालादेशले निर्धारित १२ ओभर पुरै खेल्दै ९५ रनको स्कोर बनाएको थियो ।

बंगलादेशी रसिलले र्सवाधिक २७ रनको महतपुर्ण योगदान दिदैं सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । ९६ रन पछ्याएको श्रीलंकाली टोली भने ४१रनमै समेटिएको थियो । बंगलादेश दोस्रो टेनिस बल क्रिकेटको च्याम्पियन पनि हो । श्रीलंकाको लागि त्रिनेश र शुशिलले क्रमश १५ र १३ रन जोडेका थिए । बगलादेशको लागि इमरान र मुरादले दुई/दुई विकेट लिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा विरेन्द्रसिंह गुरुङले रेप|mी फारुख जमाललाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गर्नुभएको थियो । लिगकम नकाउटको आधारमा खेलाइने छ । प्रतियोगितामा नेपाल, बंगलादेश, श्रींलका र भारतका टोलीको सहभागिता रहेको छ ।


Post your comments here
समाचार
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..
काठमाडौं, २२ पुस/ निर्वाचन आयोगले संविधानसभाका रिक्त ६ स्थानमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले मंगलबार उप प्रधान तथा गृहमन्त्री वामदेव...
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..