९ मङ्सिर,कुवेत सिटी/ कुवेत अफ्रिकन फूटबल प्रतियोगिताको नोभेम्बर २१ शुक्रबार भएको नेपाल र दक्षिण अफ्रिका वीचको खेल गोल रहित बराबरीमा सकिएको छ । कुवेत सिटीको सर्क फूटबल मैदानमा भएको खेलमा निर्धारित समयमा दुबै पक्षबाट गोल गर्न नसके पछि खेल बराबरीमा सकिएको थियो । । दक्षिण अफ्रिकाजस्तो देशलाई नेपाली टिमले बराबरीमा खेल्न वाध्य गरेको थियो । रक्षा पंक्तिमा खेलेका नेपाली टिमका क्याप्टेन धर्मराज गिरीले सुन्दर खेल देखाउनु भयको थियो । खेलको दोस्रो हाफ अझ रोमाञ्चक बनेको थियो । तिन हजार नेपाली समर्थकको बीच नेपाली खेलाडीले फुर्तिलो खेल देखाउदै बल लाई लगातार गोलपोस्टमा प्रहार गरेपनि गोल हुन सकेन ।
