२४ नोभेम्बर, २००८
टेनिसबल क्रिकेटको फाइनलमा नेपाल/ बंगलादेश भिड्ने
धन बस्नेत/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, ९ मंसिर/राजधानीमा यु १७ नेपाली राष्ट्रियले बंगलादेशी टोलीसित मैत्रीपुर्ण खेल खेलिरहेको अवस्थामा पोखरामा पनि नेपाली टोलीले बंगलादेशी टोलीसित गोल्डकपको उपाधिको लागि भिड्ने निश्चित भएको छ । पोखरामा आइतबारदेखि शुरु भएको नेपाल गोल्डकप मिनि एशियन टेनिसबल क्रिकेट च्याम्पियनसिपमा नेपाली टोली सांग्रिला क्रिकेट एकेडेमी र बंगलादेशी टोलीले समान ४/४ अकंको समुह विजेता बन्दै फाइनलमा प्रवेश गरेका हुन् । नेपाल गोल्डकप खेल्न आइपुगेका भारत र श्रीलंकालाई पराजित गर्दै दुवै टोली फाइनल यात्रा निश्चित गरेका हुन् ।

नेपाली टोलीले सोमबार विहान श्रीलंकाको टोलीलाई सहज पराजित गर्दै ४ अंकको साथ समुह विजेता बन्दै उपाधि नजिक पुगेको हो भने बंगलादेशले पनि भारतलाई बेस्वादिलो पराजय चखाउँदै फाइनलमा आफनो स्थान पक्का गरेको हो । पोखराको नदीपुरस्थित नगरप्रशिक्षणको खेलमैदानमा भइरहेको प्रतियोगिताको दोस्रो दिन सोमबार विहान सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३८ रनले पराजित गरेको थियो । टेनिस बलमा आफनो पहिलो अनुभव सगाँल्ने प्रयासमा जुटिरहेको नेपाली टोलीले टस जितेर व्याटिङ गर्दै ८३ रनको स्कोर बनाउँदा ६ विकेट गुमाएको थियो । निर्धारित १२ ओभर पुरा खेल्दै नेपाली टोलीका लागि कुमार प्रसुनले र्सवाधिक २८ रनको महत्वपुर्ण योगदान दिदाँ आकास गुप्ताले १४ र निर्मल केसीले १२ रन जोडेका थिए । ८४ रनको लक्ष्य लिएर मैदानमा छिरेको श्रीलंकन टोलीले पुरा विकेट गुमाउँदा केवल ४५ रनमा सीमित बन्न पुगेको थियो ।

केवल ३० यार्डको क्षेत्रफलमा खेलिएको क्रिकेट प्रतियोगितामा श्रीलंकको लागि नालकाले १४ र सुनिलले ९ रन बनाएर आउट भएका थिए । विधान श्रेष्ठ र कुमार प्रसुनले २/२ विकेट लिदैं श्रीलंकन व्याटिङलाइन धरासायी बनाउँदै सस्तैमा समेटिएको थियो । उता बंगलादेशले दोस्रो खेलमा भारतमाथि ५ विकेटको जित हासिल गर्‍यो । पहिलो व्याटिङमा उत्रिएको भारतीय टोलीको लागि राजुले २२ र कमलेशको १४ रनको योगदानले ६१ रनको स्कोर तयार पारेको थियो । ६२ रनको लक्ष्यलाई बंगलादेशले ४ विकेटको क्षतिमा पार गरेको थियो । इमरानले १९ र असनले १७ रनको महत्वपुर्ण इनिङ खेल्दै बंगलादेशलाई फाइनल यात्रा पक्का गरेका थिए । आज मंगलबार हुने फाइनल विजेतालाई गोल्डकप प्रदान गरिने छ । टेनिसबल क्रिकेट फेडेरेशन नेपालको आयोजनमा सञ्चालित प्रतियोगिताले पोखरालाई क्रिकेटको गन्तव्यस्थल बनाउन निकै सघाउ पुर्‍याएको छ । अन्तराष्ट्रियस्तरको प्रतियोगिताले पोखरालाई पर्यटनसँगै खेलकुदको गन्तव्यस्थल बनाएको छ ।


Post your comments here
समाचार
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..
मनिला,२२ पुस/ फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारीले गाजामा भैरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..