२६ नोभेम्बर, २००८
बंगलादेशलाई टेनिसबल क्रिकेट उपाधि
पोखरान्युज डट कम डट एन्पी
पोखरा



पोखरा, १० मंसिर/पोखरामा आयोजित टेनिस बल क्रिकेटको उपाधि बंगालदेशी टोलीले जितेको छ । पोखराको नदीपुरस्थित नगरप्रशिक्षण केन्द्रको खेलमैदामा मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा बंगलादेशी टोलीले विना विकेटको क्षतिमा उपाधिमाथि कब्जा जमाएको हो ।
 टस जितेर व्याटिङ रोजेको नेपाली संग्रिला क्रिकेट एकेडेमीले निर्धारित १२ ओभरमा केवल १० ओभरमात्रै खेलेर केवल २३ रनको झिनो स्कोर तयार पारेको थियो । फाइनल खेलको लागि उत्साहित बनेपनि नेपाली व्याटिङ लाइनले कमजोर प्रदर्शन गर्दा सामान्य योगफलमै समेटिन पुगेको थियो ।
 पहिलो ओभरमै दुईविकेट गुमाएको नेपाली टोलीका लागि दोहोरो अंकको रन भने कुनैपनि व्याट्सम्यानले जोड्न अफसल रहे । आकास गुप्ताले एक चौकासहित र्सवाधिक ९ रन बनाएर आउट भएपछि मध्यक्रमका व्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए । पहिलो दुई ओभरमा तीन विकेट गुमाएर दवावमा परेको नेपाली टोलीको लागि बंगलादेशी बलर खतरानाक सावित बनेका थिए । राजीवले बंगलादेशको लागि २ विकेट लिएका थिए ।
 निर्धारित पुरा ओभर समेत खेल्न नसकेका नेपाली टोलीका खेलाडीमा धर्ैयताको खाँचो देखिएको थियो । त्यसो त खेलाडीहरु बीच रन लिदाँ देखिएको असमझदारीले पनि सस्तैमा रनआउट हुन पुगेका थिए । २४ रनको लक्ष्य पछ्याएको बंगालादेशी टोलीले केवल ४ ओभरमै विना विकेटको क्षतिमा लक्ष्य पाउँदा दोस्रो इनिङ आधाघण्टा नवित्दै सकिएको थियो ।
 प्रारम्भिक व्याट्सम्यान मोहम्मद हसन र मोहम्मद इमरानको जोडीले चौथो ओभरमा खेललाई टुग्याएका थिए । तेस्रो ओभरसम्म २० रनमा खेलिरहेको बंगलदेशी टोलीले चौथो ओभरको अन्तिम बलमा हसनले चौका हान्दै विजय दिलाउँदै उपाधि कब्जा गरेका हुन् । इमरानले दुईचौकासहित ९ र हसनले तीनचौका सहित १३ रन हिर्काएका थिए । नेपाली टोलीका बलर विधान श्रेष्ठले दुइ मेडन राखेका थिए ।
 नेपाल टेनिसबल क्रिकेट फेडेरेशनको आयोजनामा लिगकम नकाउटको आधारमा सञ्चालित नेपाल, भारत, श्रीलंका र बंगलादेश टोली सम्मलित नेपाल गोल्डकप मिनि एशियन टेनिसबल क्रिकेट च्याम्पियनसिपमा विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट एशोसियनसन(क्यान)का उपाध्यक्ष एवं कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा विरेन्द्रसिंह गुरुङ, पश्चिमाञ्चल खेलकुद विकास समितिका प्रमुख एवं कार्यलयका सदस्य सचिव मधुसुदन बस्नेत लगायतले च्याम्पियनसिप ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....