पोखरा, १२ मंसिर/ पोखरा स्थित हिमालयन गल्फ मैदानमा बिहीबारदेखि चौथो सुर्य नेपाल वेस्टन ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजन र नेपाल प्रोफेसनल गल्फ संघको आयोजनामा संचालन शुरुभएको प्रतियोगिता मंसिर १५ गते सम्म संचालन हुने छ । प्रतियोगिता अन्तरगत नेपालका चर्चित ब्यवसायिक खेलाडी २२ र १८ जना नौ हृयाण्डीक्याप भन्दा तलका एमेचर खेलाडीले १२ र १३ गते मुख्य प्रतिस्पर्धामा स्टोक प्लेको आधारमा उपाधिको लागि ३६ होलको प्रतिस्पर्धा गर्ने नेपाल प्रोफेसनल गल्फ संघका अध्यक्ष रविन्द्र मान श्रेष्ठले जानकारी दिनुभयो । भोलि १४ गते हुने प्रोएमर् इभेन्टमा ब्यवसायिक गल्फरको साथमा उत्कृष्ट एमेचर र अन्य खेलाडी समेत गरी कूल ७२ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा भाग लिने सम्पुर्ण ब्यवसायिक खेलाडी तथा एमेचर खेलाडीहरु पोखरा हिमालयन गल्फ कोर्षा प्रतिस्पर्धामा उत्रिएका छन् । विगत बर्षो तुलनामा यस वर्षथप पोखरा र काठमाण्डौका गल्फ खेलाडी विच फ्रेण्डसिप म्याच प्रतियोगिता समेत समावेश गरिएको छ । सो म्याचले काठमाण्डौ र पोखरामा रहेका गल्फ खेलाडी विच आपसरी भाईचारा र पर्यटकीय नगरी पोखरामा गल्फ पर्यटक भित्र्याउन समेत थप मद्धत पुग्ने अपेक्षा राखिएको हिमालयन गल्फ क्लब पोखराका सचिव लक्ष्मी प्रसाद गुरुङले बताउनुभयो साहसिक गल्फ खेल मैदानको रुपमा परिचित पोखराको मझेरीपाटन खेल मैदानमा सम्पन्न हुन लागेको यस प्रतियोगितामा नेपालका चर्चित ब्यवसायी युवा गल्फर शिवराम श्रेष्ठ, गत बर्षो र्सूय नेपाल ओपन विजेता दिपक थापा मगर, दिपक आचार्य, पशुपति शर्मा, रवि खड्का, रमेश नगरकोटी, शिवी भण्डारी लगायतले विजयको लागि प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा चर्चित एमेचर खेलाडी तासी घले, राज प्रधान, तासी छिरिङ, वाङचेन डन्डुपको प्रतिस्पर्धाले पनि प्रतियोगितालाई थप रौनक बनाउने अपेक्षा गरिएको छ । त्यसैगरी अमेरिकामा आठ वर्षसम्म गल्फ खेल अध्ययन गरेका चर्चित ब्यवसायिक खेलाडी विजेश शाहीले समेत यस प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएका छन् । ३ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा प्रथम हुने ब्यवसायिक खेलाडीले ६५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउने छन । साथै प्रतियोगितामा उत्कृष्ट पन्ध्र जना भित्र पर्न सफल ब्यवसायी खेलाडीले समेत नगद पुरस्कार प्रदान गरिने छ ।साथै प्रतियोगितामा विजयी एमेचर, म्याच प्लेमा जित्ने समुह लगायतले ट्रफी र प्रमाण पत्र पाउने छन् ।