२८ नोभेम्बर, २००८
हमलाले क्रिकेट रद्द
पोखरान्युज डट कम डट एन्पी
नयाँ दिल्ली

१३ मङ्सिर,नयाँ दिल्ली/ मुम्बई भएका आतंकवादी हमलाहरुका कारण इंगल्याण्ड क्रिकेट टोलीले भारतमा खेल्न बाँकी खेल रद्द भएका छन् । बिसिसिआइका सचिव एन श्रीनिवासनले इंगल्याण्डका वरिष्ठ अधिकारीहरूसँग भुवनेश्वरमा बैठक गरेका थिए । उनीहरुको खेल जारी राख्ने सम्बन्धमा विमति रहेको थियो । उनका अनुसार यसबारेमा बिसिसिआइलाई लिखित पत्र आउनेछ । भारतमा उक्त टोलीले दुई १ दिवसिय र दुई टेष्ट म्याच खेल्ने बाँकी रहेका छन् । त्यसैगरी, बिहीबार दिल्ली विधान सभाको अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने प्रधानमन्त्री मनमोहन सिंहको निर्धारित कार्यक्रम पनि रद्द भएको छ । सिंहले दक्षिण दिल्लीको दक्षिणापुरीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । स्रोतहरु


Post your comments here
समाचार
वालिङ, २२ पुस । स्याङ्जा जिल्लाको वालिङमा दोस्रो पटक आयोजना गर्न लागिएको वालिङ महोत्सव तथा क्षेत्रीय औधोगिक व्यापार मेला - २०६५ को तयारी सुरु भएको छ ।
काठमाडौं, २२ पुस । मधेसी जनअधिकार फोरमका ३८ जना सभासद्हरूले आफ्नो दलका तर्फबाट मन्त्री बनाइएका चारजना मन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र आज दर्ता गराउनुभएको छ ।
दमास्कस, २२ पुस । फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले सिरियालाई उसको निकट मित्र हमासलाई इजरायल-प्यालेष्टाइन युद्ध अन्त्यका लागि दबाब दिन आग्रह गरेका छन् ।
काबुल, २२ पुस । पाकिस्तानी राष्ट्रपति असिफअलि जर्दारी अफगानिस्तानको औपाचारिक भ्रमणको सिलसिलामा आज अपराहृन यहाँ आएका छन् ।
इनरुवा, २२ पुस । सप्तकोसी नदीले क्षति पुर्‍याएको भारतको कटैयादेखि सुनसरी जिल्लाको पश्चिम कुसाहाको सबस्टेसन प्रसारण लाइनको १३२ किलोभोल्ट विद्युत् प्रसारणअर्न्तर्गतको टावरको पुनःनिर्माण कार्य थालिएको छ ।
सोफिया, बुल्गेरिया, २२ पुस । बुल्गेरिया, ग्रीस, मेसेडोनिया र र्टर्कीमा हुँदै आएको रुसी ग्यास आपूर्ति गए रातिबाट बन्द गरिएको बुल्गेरियाली वित्त तथा उर्जा मन्त्रालयले जनाएको छ ।