३० नोभेम्बर, २००८
मैत्रिपूर्ण सेभेन ए साइड फुटवल सम्पन्न
पोखरान्युज डट कम डट एन्पी
पोखरा

मंसिर १४,पोखरा /  भारतवाट मैत्रिपूर्ण सेभेन ए साइड फुटवल खेल्न पोखरा आएको टोलीले एक खेलमा जित हाँिसल गरेको छ भने एक खेल वरावरि तथा एक खेलमा पराजित भएको छ । भारतको युपी,छत्तिसगढ,आसाम,तामिलनाडु,पंडिचरी,महाराष्ट्र र आन्द्राप्रदेशवाट संयुक्त टिम पोखरा आएको हो ।

सिनियर तर्फो खेलमा नेपाल सेभेन ए साइड फुटवल फेडरेशनको टोलिने ३-० को जित हाँसिल गर्यो । खेलमा चन्द्र गुरुङ्गले ह्याटि्रक गरेका थिए । टोलिवाट राजेन्द्र तामाङ्ग, रोशन हिराचन, दिवश कुँवर, किरण गुरुङ्ग, विकाश गुरुङ्ग, तथा विनोद गुरुङ्ग र गोलकिपर छेम्वा मैदानमा उत्रिएका थिए ।
 सव जुनियर तर्फो खेलमा लामाचौरको नव आदर्श क्लवले गोलरहित वरावरि खेल्यो भने जुनियर तर्फज्ञानकुन्ज वोडिङ्ग स्कुल १- ० ले पराजित भएको थियो । भारतको जितका लागि पद्मा एमुले दोश्रो हाफमा निर्णाक एक गोल गरेका हुन् ।

प्रतियोगितामा सहभागि खेलाडी एवं पाहुना टोलिलाई एशियन सेभेन ए साइड फुटवल फेडरेशनका उपाध्यक्ष नविन पुन, नेपाल सेभेन ए साइड फुटवल फेडरेशनका महासचिन डिवि नेपाली, तथा कास्की जिल्ला सेभेन ए साइड फुटवल संघका अध्यक्ष संजय अधिकारीले प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

एशियन सेभेन ए साइड फुटवल फेडरेशनका महासचिन डि रोभी कोण्डियाको नेतृत्वमा ५० सदस्यि खेलाडी टोली नेपाल आएको हो ।


Post your comments here
समाचार
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..
२२ पुस, काठमाण्डौ/ संबिधानसभामा प्रतिनिधित्व गर्ने साना १२ राजनीतिक दलले एक सातापछि गठन हुन लागेको स्थानीय निकायमा आफुहरुलाई पनि समेटन माग गरेका छन् ।
२२ पुष, वीरगंज/ बारा जिल्लाको पथलैया स्थित मध्यमाञ्चल ट्राफिक कार्यालय पछाडी रहेको जंगलमा अज्ञात समुहले आज विहान एक युवकको हत्या गरेको छ । हत्या हुनेमा पर्सा जिल्लाको..
२२ पुष, काठमाडौं/ ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटनजिक रहेको कोल्पु खोलाको ढुंगाको कर उठाउने विषयमा विवादपछि झडप हुँदा वाईसीएल र युथफोर्सका एक दर्जन कार्यकर्ता सख्त..
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..
काठमाडौं, २२ पुस/ पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले पुसको अन्तिम साता राष्ट्रिय खेलकुद भेला गर्ने भएको छ। राजधानीमा पुस..