३० नोभेम्बर, २००८
सुर्य वेर्स्र्टनमा प्रोएममा पशुपति शर्माको टिम विजयी
एकराज गिरी/ पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, १४ मंसिर/ पोखरा स्थित हिमालयन गल्फ कोर्षा संचालित सुर्य नेपाल वेर्स्र्टन ओपल गल्फ प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न प्रोएम तर्फो उपाधि पशुपति शर्माको टिमले जितेको छ । स्टेवलर्फड फरम्याटको आधारमा खेलाईएको उक्त प्रतिस्पर्धामा पशुपति शर्मा, मदन गुरुङ, एसपी राजेन्द्र श्रेष्ठ र राजु सापकोटा सहितको टोलीले कूल १ सय ३१ पोईन्टको संयुक्त अंक बटुल्दै विजयी भएको थियो । कूल १ सय २७ पोईन्ट अंक बटुलेको युवा गल्फर शिवराम श्रेष्ठको टिमले दोस्रो स्थान हासिल गर्यो । शिवरामलाई दिल गुरुङ, प्रशन्न उप्रेती र जेवी गुरुङले साथ दिएका थिए । त्यसैगरी सन्जय लामा, आङ्गछिरिङ शेर्पा, मेजर धमेन्द्र गुरुङ र राजन थापाको टिम कूल १ सय १४ पोईन्टको संयुक्त स्केर जोड्दै तेस्रो भयो ।

प्रतियोगिता अन्तरगत कूल ३९ पोईन्टको उत्कृष्ठ अंक ल्याएर पोखराका मदन गुरुङ बेस्र्टर् इन्डिभिजुवल तर्फप्रथम भए । उपविजयी बनेका दिल गुरुङले कूल ३५ पोईन्ट बनाएका थिए । त्यसैगरी १३ औं होलमा राखिएको लङ्गगेष्ट ड्राईभको उपाधि पनि मदन गुरुङले जितेका थिए । प्रतियोगितामा निरज राना क्लोजेस टु द पिन र मिसेस पार्क लेडीज वीनर बन्न सफल भए । शनिबारको खेल पश्चात विहिबार र सुक्रबार सम्पन्न ३६ होलमा प्रतिस्पर्धा गरेका ब्यवसायी र एमेच्योर तर्फा सम्पुर्ण खेलाडीलाई समेत एक समारोह विच पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजेता बनेका सवै खेलाडीहरुलाई नेपाल प्रोफेसनल गल्फ संघका अध्यक्ष रविन्द्र मान श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।


Post your comments here
समाचार
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..