३० नोभेम्बर, २००८
भोलिदेखि प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने
पोखरान्युज डट कम डट एन्पी
ललितपुर

ललितपुर, १५ मङ्सिर/ नेपाली काङ्ग्रेस ललितपुर जिल्ला खेलकुद शाखाको आयोजनामा भोलिदेखि यहाँ प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष सिनियर र जुनियर, महिला सिनियर र जुनियर गरी १५ विधामा प्रतिस्पर्धा गराइने बताइएको छ । नेपाली काङ्ग्रेस ललितपुरका सभापति चन्द्र महर्जनले प्रतियोगितामा २२ वटा टिमका ३३० जना खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।

प्रतियोगिताको कुल लागत रु तीन लाख ५० हजार रहेको छ, जुन नेपाली काङ्ग्रेस ललितपुरले व्यहोर्ने सभापति महर्जनले बताउनुभयो । राजनीतिक पार्टीलेले पनि युवा क्षमता अभिवृद्धि हुने खालका गतिविधि सञ्चालन गर्नुपर्छ भनेर प्रतियोगिता आयोजना गरिएको सभापति महर्जनले बताउनुभयो ।


Post your comments here
समाचार
लमजुङ, २२ पुस । लमजुङ जिल्लाको तार्कु गाउँ विकास समितिका बासिन्दाले ऋण काढेर आफ्नो गाउँमा सडक निर्माण गरी मोटर पुर्‍याएका छन् । सदरमुकाम तथा देशका अन्य भाग जान र र्फकन असुविधा भएपछि रु.१७ लाख ऋण खोजेर गाउँलेहरूले सो बाटो निर्माण गरेका हुन् ।
बागलुङ, २२ पुस । काडेबाँसबाट बागलुङ जिल्लाको सदरमुकामतर्फ आइरहेको ग.१त ११७० नं.को टयाक्टर मल्म गाविसको भीमसेन ढुङ्गामा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।