१ डिसेम्बर, २००८
महारानीलाई भलिबलको उपाधी
पोखरान्युज डट कम डट एन्पी
म्याग्दी

१६ मङ्सिर,म्याग्दी/ बालाचतुर्दशी एबं गलेश्वर बिषेश मेलाको अबसमा आयोजित खुल्ला पुरुष भलिबल उपाधि महारानी युवा क्लब रानीपौवाले जित्दै नगद ३० हजारसहित पदक शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । गलेश्वर युवा क्लबको आयोजनामा सम्पन्न बिबिध कार्यक्रम अन्तरगत पुरुष भलीबल तर्फ राष्ट्रिय खेलाडीहरु संलग्न महारानि युवा क्लब संग सोझो सेटमा पराजित भै द्वितिय पुरस्कारको राशी २० हजार भने आयोजक आफैले राखेको छ । महिला भलिबल तर्फ फ्रन्डसीप युवा क्लब तिप्ल्याङ्गलाई पराजित गर्दै म्याग्दी ट्याक्सी ब्यबसायी संघ बिजेता बनेको छ ।

बिजयी टिमहरुले क्रमश नगद १५ हजार र १० हजार पुरस्कार राशी हात पारेका छन् । त्यसैगरि बास्केटबल तर्फ फिमला युवा क्लब पोखरा पहिलो हुर्दै नगद २० हजार र दोस्रो हुदै मेघा स्पोट्र्स क्लब हिस्तानले १२ हजार प्राप्त गरे । मेलाकै अबसर पारि आयोजित दोहोरी गित प्रतियोगीतामा भगबती युवा क्लब राखुले राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीलाई पराजित गर्दै नगद १५ हजार तथा ९ हजार प्राप्त गरे । छेलो प्रतियोगीतामा प्रथम भएका राष्ट्रिय भलीबल खेलाडी प्रेम भण्डारी बास्केट बल तर्फ उत्कृष्ट खेलाडी घोषित मीन पुन भलीबत तर्फ उत्कृष्ठ घोषित सोनी पुन र तेजिन्द्र बानियाललाई कार्यक्रममा बिषेश सम्मान गरीएको थियो ।

संबिधानसभा सदस्य एबं युवा नेता गगन थापाको प्रमुख आतिथ्यता तथा गलेश्वर युवा क्लबका अध्यक्ष चित्रबहादुर के।सी।को सभापतित्व सल्लाहकार कृष्णकुमार शेरचनको स्वागत मन्तब्य एबं दिपक बिखर्चिको संञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा आर्थिक सहयोग दातालाई प्रसंसापत्र बितरण गरिनुको साथै बिषेश सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो ।


Post your comments here
समाचार
काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।
पोखरा, २१ पुस/कास्की जिल्ला फुटबल संघका पदाधिकारीहरुले अखिल नेपाल फुटबल संघको विधान संशोधन गरी स्थानीय क्लबहरुलाई केन्द्रको क्लबसरह अधिकार दिनुपर्ने सुभाव दिएका छन् ।
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...