१ डिसेम्बर, २००८
हात्तीपोलो अन्तर्गत आज लीग चरणका चार खेल सम्पन्न
पोखरान्युज डट कम डट एन्पी
चितवन

१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष मेघौलीस्थित हवाई मैदानमा हुने प्रतियोगिता आजबाट सुरु भएको हो । लिग चरण अन्र्तगत आज चारवटा खेल सम्पन्न भएको छ । एअर टस्कर युके र ईण्डियन टाईग्रीसवीच आज भएको पहिलो खेलमा २ का विरुद्ध ३ गोल गर्दै ईण्डियन टाईग्रीस विजयी भएको छ । त्यस्तै नेपालको टाईगरटप्स टस्कर र बेलायतको पक्का चक्का विच भएको दोस्रो खेलमा ५ का विरुद्ध ६ गोलगर्दै बेलायतको पक्का चक्का विजयी भएको छ ।

आजै भएको नेशनलपार्क र वि्रटीस गोर्खावीचको तेस्रो खेलमा ७ का विरुद्ध १० गोल गर्दै नेशनलपार्क विजयी भएको छ । त्यसैगरी आजको चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डको सिभाषरिगलले अमेरिकाको न्युयोर्क ब्लु लाई ५ का विरुद्ध ६ गोल गर्दै विजयी भएको छ । भोलि पनि प्रतियोगितामा सहभागी सम्पुर्ण टिमबिच खेल हुने आयोजकले जनाएको छ । भोलिको खेल बिहान १० बजेबाट सुरु हुने बताइएको छ । दुईवटा समूह बनाई हात्तीमाथी चढेर गोल गरेर खेलिने खेल हेर्नका लागि मेघौलीमा नेपाली तथा विदेशी पर्यटकहरुको घुइचो लागेको छ ।

प्रतियोगितामा नेपालका दुई र अमेरिका, बेलायत, सिङ्गापुर ,स्कटल्यान्ड भारत लगायतका देशबाट आठ टोलीको प्रतिस्पर्धा रहेको छ । खेलमा सहभागी टोलीहरुमा नेपालको नेशनल पार्क ,आइल्याण्ड,नेपाल र टाईगरटप्स टस्कर,बेलायतको पक्काचक्का र एयर टस्कर,स्कटल्याण्डको सिभाषरिगल,भारतको इण्डियन टाईगर्स,अमेरिकको न्युयोर्क ब्लु र बेलायतकै बि्रटीस गोर्खा रहेका छन । स्रोतहरु


Post your comments here
समाचार
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...
लहान, २२ पुस/ ढाडीस्थित सुरक्षाफौजले विभिन्न जोखिम उठाएर गाईगोरु समाते पनि भन्सार कर्मचारीले कम मूल्य लिई छोडिदिने गरेको आरोप प्रहरीले लगाएको छ । ढाडीस्थित सुरक्षाफौजले...
ढाका,२२ पुस/ बङ्गलादेशका अन्तरिम सरकार प्रमुख फखरुद्दिन अहमद्ले बर्तमान सरकारले आम निर्वाचन शान्तिपुर्ण ढंगबाट सम्पन्न गरेको बताउनुभएको छ । निर्वाचनपछि नयाँ सरकारलाई सत्ता..
मनिला,२२ पुस/ फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौ प्रदर्शनकारीले गाजामा भैरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।
२२ पुष,क्वाललालम्पुर/ आफ्नो निजी भम्रणमा मलेसिया आइपुग्नु भएका नेकपा (माओवादी) केन्द्रीय कार्यालय सचिव तथा सभासद श्रीराम ढकाल र नेपाल प्रगतिशिल श्रमिक मोर्चाका अध्यक्ष..
२२ पुस, अर्घाखाँची/ सामान्य प्रशासन मन्त्री पम्फा भुसालले राजनीतिक क्षेत्रमा भएको परिवर्तन अनुसार प्रशासनिक क्षेत्रमा परिवर्तन गर्न नसकिएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी..