१८ मे, २००८
गौशाला, ५ जेठ । बर्डफ्लु रोग लागेको हुनसक्ने आशङ्कामा महोत्तरी जिल्लास्थित जलेश्वर भन्सार कार्यालयले अवैधरूपमा चोरी गरी भित्रयाइदै गरेको ४० क्यारेट अण्डा हिजो नष्ट गरेको छ ।
१८ मे, २००८
तुलसीपुर -दाङ, ५ जेठ । दाङ जिल्लाको लमहीमा हिजो सिमानाको खोजी नामक वृत्तचित्र प्रदर्शनी गरियो । भारतद्वारा नेपालका ५४ स्थानमा भएको अतिक्रमणलाई विषयवस्तु बनाइएको सो वृत्तचित्र प्रदर्शनीमा उल्लेख्य मात्रामा र्सवसाधारण तथा दर्शकहरूको उपस्थिति थियो ।
१८ मे, २००८
महोत्तरी, ५ जेठ । महोत्तरी जिल्लाको कठुवार बजार र निगौलको बीचबाट गौशाला रेञ्जपोस्टमा कार्यरत रेञ्जर नवलकिशोर यादवको मोटरसाइकलसहित अपहरण भएको छ ।
१६ मे, २००८
३ जेठ,काठमाण्डौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भोलीसम्म नेपाल सदभावना पार्टी आनन्दीदेवीकी अध्यक्ष आनन्दीदेवी सिंहको अवस्था सार्वजनिक नभए उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीमाथि कार्वाही गर्ने आश्वासन दिनुभएको छ ।
१६ मे, २००८
म्याग्दी, ३ जेठ । जिल्ला सदरमुकाम बेनी बजारदेखि १५ मिनेटको दुरीमा रहेको ज्यामरुककोट- १ बगरफाँटस्थित सरस्वती प्राविका १७ जना विद्यार्थी कक्षा कोठाको अभावमा शौचालयमा बसेर पढ्न बाध्य छन् ।
१६ मे, २००८
सुन्दरीजल, ३ जेठ । उपत्यकाको उत्तरपुर्वी् भद्रवास गाविस- ६ मा हिजो बेलुकी स्थानीयवासी र चितुवाबीच भिडन्त हुँदा तीनजना घाइते भएका छन् भने स्थानीयवासीले आक्रमणकारी चितुवालाई पनि मारेको महानगरीय प्रहरी प्रभाग थलीका प्रहरी सहायक निरीक्षक नवराज इटनीले जानकारी दिनुभएको छ ।
१६ मे, २००८
इलाम, ३ जेठ । गाउँका चिया किसानले हाते चिया उत्पादन बढाएपछि प्रशोधनका लागि चिया पत्ती सुकाउने ड्रायर यहाँ अभाव हुन थालेको छ । ड्रायरमा सुकाई उत्पादन भएको हाते चियाको गुणस्तर राम्रो हुन थालेपछि किसानहरु हाते चिया उत्पादनतर्फ आर्कषित भएका हुन् ।
१६ मे, २००८
मध्यपुर थिमी, ३ जेठ । महेन्द्र निम्नमाध्यमकि विद्यालय सानो ठिमीले आज ६५ जना गरिब, जेहेन्दार एवम् दलित छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
१६ मे, २००८
३ जेठ, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेताहरुले माओबादीको प्रतिकार गर्न ढिला भइसकेको भन्दै देशभरका युवा भेलागरेर माओबादीको प्रतिकार गरिने धम्कि दिएका छन् ।
१६ मे, २००८
३ जेठ, काठमाण्डौ । राजधानीको कोटेश्वस्थित शान्ति मार्ग टोल सुधार समितिका अध्यक्ष समेत रहेका होटल ब्यवसायी रामहरी श्रेष्ठको अपहरणपछि माओबादीले हत्या गरेको भन्दै स्थानिय वासीन्दाले सडक अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन ।
१६ मे, २००८
मध्यपुर थिमी, ३ जेठ । कोटेश्वरका एक व्यक्तिको हत्या गरिएको विषयलाई लिएर स्थानीय बासिन्दाले आज अरनिको राजमार्ग बन्द गराएका छन् ।
१६ मे, २००८
हेटौँडा, ३ जेठ । जिल्ला विकास समिति, मकवानपुरले द्वन्द्वको समयमा ध्वस्त भएकामध्ये आठवटा गाविसको भवन निर्माण गर्ने भएको छ ।
१६ मे, २००८
३ जेठ, काठमाण्डौ । संविधानसभा सदस्यको सपथ कार्यक्रम वैठक वस्नु एकदिन अघि अर्थात जेठ १४ गते नै हुने भएको छ ।
१६ मे, २००८
३ जेठ, बुटवल । सवारी साधन चलाउन पेट्रोलियम पदार्थ नपाइएको भन्दै यातायात मजदुरहरुले आज बुटवलमा चक्काजाम गरेका छन् ।
१६ मे, २००८
३ जेठ, काठमाण्डौ । विभिन्न नौ बुँदे माग राखि आन्दोलनरत यातायात ब्यबसायी र सरकारवीच आज वार्ता हुँदैछ । यातायात ब्यवसायीका माग सम्वोधन गर्न प्रधानमन्त्रीले मन्त्रीहरुलाइ निर्देशन दिएपछि आज अपरान्ह १२ बजे श्रम मन्त्रालयमा वार्ता हुन लागेको नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयो ।
१६ मे, २००८
धुलिखेल, ३ जेठ । चौध बर्सिय एक बालिकालाई जबरजस्ती करणी गरी गर्भवती तुल्याएको आरोपमा धुलिखेल नगरपालिकामा कार्यरत कर्मचारीविरुद्ध बालिकाका बाबुले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् ।
१६ मे, २००८
मध्यपुर थिमी, ३ जेठ । जिल्ला विकास समिति भक्तपुरले दलितहरुको आर्थिक, राजनीतिक र सामाजिक उत्थानका लागि दलित बस्तीको अनुगमन कार्य सुरु गरेको छ ।
१६ मे, २००८
बागलुङ, ३ जेठ । धवलागिरी अञ्चलको सदरमुकाम बागलुङ बजारस्थित अञ्चल अस्पतालबाट जिल्ला अस्पताल सरहको उपचार सेवा नपाउँदा यस क्षेत्रका बिरामी मर्कामा परेका छन् ।
१६ मे, २००८
सप्तरी, ३ जेठ । तर्राईमा बढ्दो हत्या, अपहरण, लुटपाट, अशान्ति र अस्थिरता निर्मूल पारी तर्राईवासीलाई मुक्ति दिलाउने भन्दै तर्राई जनजागरण सङ्र्घष्शील मोर्चा -कम्युनिस्ट पार्टीनामक नयाँ सङ्गठन गठन गरिएको छ ।
१६ मे, २००८
बझाङ, ३ जेठ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा खडेरीसँगै खाद्यान्नको अभाव हुन थालेको छ । जिल्लाको नौविस, छविस, समी र तल्कोट काँडा क्षेत्रका बासिन्दा त्यसबाट प्रभावित भएका छन् ।
१६ मे, २००८
दमौली, ३ जेठ । गत चैत र वैशाख महिनामा आएको हावाहुरीले तनहुँ जिल्लाका १७ वटा विद्यालयका छाना उडाएपछि अहिले ती विद्यालयमा पठनपाठन कार्य प्रभावित भएको छ ।
१६ मे, २००८
मध्यपुर थिमी, ३ जेठ । कुसुम नाटय समूहले कला, संस्कृति र साहित्यको विकास गर्ने उद्देश्यले २० जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ ।
१६ मे, २००८
गौर, ३ जेठ । योङ कम्युनिस्ट लिगका कार्यकर्ताहरूले गौर जिल्लाको भेडियाही गाविसबाट पाँच वटा टयाक्टरमा राखिएको सालका काठसहित टयाक्टर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाएका छन् ।
१६ मे, २००८
तुलसीपुर -दाङ, ३ जेठ । दाङ जिल्लामा गत वर्षो तुलनामा यस वर्षनगदेबालीको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय, दाङले जनाएको छ ।
१६ मे, २००८
पाल्पा, ३ जेठ । पाल्पा जिल्लामा सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुँदै गएको छ । विगत चार महिनाको अवधिमा ४०० महिलाले सुरक्षित रूपमा गर्भपतन सेवा लिएका छन् । पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखान्चि लगायतका जिल्लाबाट गर्भपतन सेवा दिन महिलाहरू पाल्पा आउने गर्छन् ।
१६ मे, २००८
टीकापुर, ३ जेठ । कैलाली जिल्लाका वादी समुदायका बालबालिकालाई शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरिएको छ ।
१६ मे, २००८
बाबियाचौर (म्याग्दी), २ जेठ । संविधानसभामा समानुपातिक सभासद् छनोटप्रति असन्तुष्टि जनाउँदै नेपाली काङ्ग्रेसका भ्रातृ सङ्गठनले पार्टी जिल्ला कार्यालयमा १२ दिनअघि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन ।
१६ मे, २००८
खजुरा (बाँके), २ जेठ । मटेहिया र पुरैना गाविसमा झाडापखालाबाट दुइजना महिलाको मृत्यु भएको छ भने करिब ३५जना बिरामी परेका छन् ।
१५ मे, २००८
२ बैशाख,काठमाण्डौ । आन्दोलनरत यातायात ब्यवसायी र सरकारवीच भोली वार्ता हुने भएको छ । श्रममन्त्री रमेश लेखकले आन्दोलन फिर्ता लिइ वार्तामा वस्न यातायात ब्यवसायीका प्रतिनिधिसग आग्रह गरिएको जानकारी दिदै ब्यवसायीहरुसगको संवादपछि भोली १२ वजे वार्ताको मिती तय भएको जानकारी दिनुभयो ।
१५ मे, २००८
काठमाडौँ, २ जेठ । पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको सिचुवान प्रान्तमा गत सोमबार गएको विनाशकारी भूकम्पबाट दसौँ हजारको ज्यान गएको, हजारौँ घाइते भएका र व्यापक रुपमा भौतिक संरचना नष्ट भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
‹ First < 119 120 121 122 123 124 125 > Last ›