अन्तराष्ट्र्यि समाचार   अभिलेखालय
५ जुन, २००८
बेइजिङ, २३ जेठ । गत महिनाको विध्वसंकारी भूकम्पबाट क्षत्रि्रस्त दक्षिण पश्चिमी चीनमा बिहीवार ५.३ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भुगर्भ मापन केन्द्रले जनाएको छ ।
५ जुन, २००८
मियान्याङ -चीन, २३ जेठ । चिनियाँ अधिकारीहरुले भूकम्पबाट अति-प्रभावित शिचुआन प्रान्तमा बाढी आउन सक्ने चेतावनी दिएका छन् ।
५ जुन, २००८
कोलम्बो, २३ जेठ । श्रीलंकाको उत्तरी द्वीपमा भएको पछिल्लो संर्घष्मा आफूहरुले १० सरकारी सैनिकहरु मारेको बिद्रोहि लिबरेशन टाइगर अफ तमिल इलमले दाबी गरेको छ ।
३ जुन, २००८
बैङ्कक, २१ जेठ । चक्रवात् प्रभावित दुर्गम भागहरुमा राहत सामग्री दुवानी गर्न सकिने नौवटा राष्ट्र सङ्घीय हेलिकप्टर यो हप्ता म्यान्मार छिर्दैछन् ।
२ जुन, २००८
अल्माटी -कजाखस्तान, २० जेठ । मध्य कजाखस्तानमा सोमबार सवेरै कोइला खानीमा दुर्घटना हुँदा त्यहाँ कार्यरत पाँच कामदार खानीभित्र थुनिएको कजाखस्तानको आपतकालीन व्यवस्था मन्त्रालयले जनाएको छ ।
२ जुन, २००८
कोलम्बो, २० जेठ । उत्तरी श्रीलंकामा सरकारी सेना तथा पृथकताबादी बिद्रोहिबीच भएको भीषण संर्घष्मा १७ बिद्रोहिको मृत्यु भएको सरकारी सेनाले आज जनाएको छ ।
१ जुन, २००८
 न्यू योर्क, १९ जेठ । सात अन्तरिक्ष यात्री सहित अमेरिकी अन्तरिक्ष यान डिस्कभरीलाई १४ दिन लामो खोजीका लागि प्रक्षेपण गरिएको छ ।
१ जुन, २००८
टोकियो, १९ जेठ । जापानी प्रधानमन्त्री यासुओ फुकुदाले परिस्थिति अनुकूल रहे अफगानिस्तानलाई सहयोग गर्न जापानी सेना पठाउन सकिने बताउनु भएको छ ।
१ जुन, २००८
कोलम्बो, १९ जेठ । उत्तरी श्रीलंकामा भएको ताजा हिंसामा नौ तमिल लडाकूसहित १३ जनाको मृत्यु भएको सेनाले आज जनाएको छ ।
१ जुन, २००८
जेरूसलेम, १९ जेठ । इजरायली आवास मन्त्रालयले पुर्वी जेरूसलेममा थप ८८४ वटा भवनहरु निर्माण गर्ने आज जनाएको छ ।
३० मे, २००८
उलान बाटोर -मंङगोलिया, १७ जेठ । मंङगोलिया सरकारले यसै साताको हिम आँधीबाट मृत्यु भएका ४५ नागरिकको सम्झनामा एक दिन शोक मनाउने घोषणा गरेको छ ।
३० मे, २००८
जेरुसलेम, १७ जेठ । इजरायलले वेष्ट बैंङ्कमा अनुमति प्राप्त नगरी बनाइएका २०८ वटा भवनहरु भत्काएको एक संयुक्त राष्ट्रसंघीय निकायले आज जनाएको छ ।
२९ मे, २००८
बेइजिङ, १६ जेठ । चीनले आफ्नो भूमिमा हुने ग्रीष्मकालीन ओलम्पिक खेलकुदका कारण उत्तरकोरियाको आणविक कार्यक्रम अन्त्य गर्नेसम्बन्धी वार्ता प्रभावित नहुने स्पष्ट गरेको छ ।
२९ मे, २००८
बङलोर, १६ जेठ । ट्रक चढेर वैवाहिक कार्यक्रममा सरिक हुन हिँडेका ३९ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।करिब ७० जनालाई लिएर गन्तव्यतर्फगइरहेको ट्रक नदीमा खस्दा त्यसमा सवार अन्य ३१ जनाको अवस्था अज्ञात रहेको छ ।
२८ मे, २००८
तेहरान, १५ जेठ । इरानको संसदले बुधबार इरानको तर्फाट विगतमा आणविक वार्तामा नेतृत्व गर्दै आएका अलि लारिजानीलाई सभामुखमा निर्वाचित गरेको छ ।
२८ मे, २००८
खार, पाकिस्तान, १५ जेठ । अफगानिस्तानसँग सीमाना जोडिएको एक आदिवासी इलाकामा बुधबार गाडी विस्फोटन भएर त्यसमा सवार छ संदिग्ध तालिवान लडाकूको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएको एक अधिकारीले बताएका छन् ।
२७ मे, २००८
पेरिस, १४ जेठ । तेलमा बढेको मूल्यलाई निस्तेज पार्न इन्धनमा लगाइने मूल्य अभिबृद्धिकर -भ्याट स्थगन गर्न फ्रान्सले यूरापेली साझेदारहरूसँग आग्रह गर्ने भएको छ ।
२७ मे, २००८
बेइजिङ, १४ जेठ । दक्षिण पश्चिमी ग्वीझाऊ प्रान्तमा एक्कासी आएको बाढीले नौ जनाको मृत्यु हुनुका साथै अन्य ११ जना हराइहेको अधिकारीहरुले बताएका छन् ।
२७ मे, २००८
मस्को, १४ जेठ । कोलोम्बियाका उप-राष्ट्रपति फ्रान्सिस्को्को सान्तोषले अर्को महिना रूस भ्रमण गर्नुहुने भएको छ ।
२६ मे, २००८
वासिङटन, १३ जेठ । लगातार आएको आँधींबेहेरीले संयुक्त राज्य अमेरिकाको मध्य पश्चिम भेगमा कम्तीमा आठ व्यक्तिको ज्यान गएको छ ।
२६ मे, २००८
चेङदु, १३ जेठ । टुहुरा भएका वा अभिभावकसँग छुटीएको कारण भूकम्प प्रभावित सिचुआन प्रान्तमा पाँच हजार ४९८ चिनियाँ बालबालिकाहरुले आफ्नै खुशीले घर छाडेका छन् ।
२५ मे, २००८
बेइजिङ, जेठ १२ । चीनमा क्रियाशील गैरआवासीय नेपाली सङ्घ -एनआरएन साङ्र्घाईले सिचुवान प्रान्तका भूकम्पपीडितको सहयोगार्थ करिब रु. तीन लाख उपलब्ध गराएको छ ।
२५ मे, २००८
जयपुर-भारत, १२ जेठ । भारतीय अधिकारीहरूले रक्तपातपुर्ण  प्रदर्शनमा उत्रेका पश्चिमी राजस्थानका गुज्जार समूदायलाई वार्तामा आउन आग्रह गरेको छ ।
२५ मे, २००८
बेरुत,१२ जेठ । लेबनानका सेनाध्यक्षलाई देशको राष्ट्रपतिमा निर्वाचित गराउन आइतबार मतदान हुंदैछ । स्थानीय समय अनुसार अपराहृन्न ५ बजे बस्ने लेवनानको संसद भवन वरपर सुरक्षाकर्मितैनाथ गर्नुका साथै त्यस क्षेत्रको आवागमन गर्न नपाउने गरी निषेध गरिएको छ ।
२५ मे, २००८
 कोबे-जापान, १२ जेठ । जापानको कोबेमा विकसित राष्ट्रहरूको समूह जी- ८ का वातावरण मन्त्रीहरूको तीन दिने बैठक आजदेखि यहाँ शुरू भयो ।
२५ मे, २००८
बेगोता-कोलोम्बिया, १२ जेठ । कोलोम्बियाले ल्याटिन अमेरियाकी क्षेत्रका सबैभन्दा ठूलो छापामार समूहका नेता म्यानुयल \'सुरेसोट\' मारूलाण्डाको निधन भएको जनाएको छ ।
२५ मे, २००८
इस्लामावाद,१२ जेठ । उत्तरपश्चिमी पाकिस्तामा भएका छुट्टाछुट्टै बम आक्रमणहरुमा दुई  प्रहरीसहित कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका छन् ।
२३ मे, २००८
पेङझाउ, १० जेठ । चीनमा मई १२ को विनाशकारी भूकम्पमा परी मर्ने व्यक्तिहरूको संख्या ५५ हजार नाघेको छ ।  विशेषज्ञहरूले भूकम्पपछि सिर्जित दर्जनौं तालहरूको अध्ययन सावधानीपुर्वक गरेर पछि आउने भूकम्पहरूले बाढी निम्त्याउन सक्ने खतरामाथि अध्ययन गरिरहेका छन् ।
२३ मे, २००८
न्यू योर्क, १० जेठ । खाद्य बस्तु आयातमा निर्भर रहँदै आएका गरिब राष्ट्रहरूले गत वर्षन्दा यो वर्ष४० प्रतिशत बढी व्ययभार वहन गर्नु पर्ने राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले बताएको छ ।
२२ मे, २००८
याङगुन, ९ जेठ । संयुक्त राष्ट्रसंघीय महासचिव बान की मून म्यान्मार भ्रमणका लागि आज यहाँ पुग्नुभयो । तीन साता अघिको भीषण आंधीबेहरीबाट प्रभावित म्यान्मारका जनताका लागि विभिन्न मुलुकहरुबाट पठाइएका उद्धार सामाग्रीहरू स्वीकार गर्न मनाउन महासचिव मून याङगुन पुग्नु भएको हो ।
‹ First  < 19 20 21 22 23 24 25 >  Last ›