पोखरा समाचार   अभिलेखालय
२३ मे, २००८
पोखरा, १० जेठ । नेपाल राष्ट्र बैङ्कका अधिकारीहरूले जाली नोटको समस्याबाट बच्न कागजी नोटको सट्टा बैङ्कद्वारा जारी कार्डहरू प्रयोग गर्न आग्रह गरेको छ ।
२२ मे, २००८
पोखरा, ९ जेठ/अब बन्ने संविधानमा बाल अधिकारी सुनिश्चित गर्न बालबालिकासँग सरोकारवाला संघसंस्थाले माग गरेका छन् । \'नयाँ नेपाल निर्माणको आधार, सुनिश्चित बालअधिकार\' भन्ने नारासहित संघसंस्थाले संविधानमा बालअधिकार सुनिश्चित गरिनुपर्नेमा कास्कीका सभासदहरुसित आग्रह गरे ।
२२ मे, २००८
पोखरा, ९ जेठ/ गत चैत्र २८ मा सम्पन्न संविधान सभा निर्वाचन ०६४ अन्तगर्त प्रत्येक्ष निर्वाचन प्रणालीमा उम्मेदवार वनेका कास्कीका ८ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।कास्कीमा विभिन्न दल र स्वतन्त्र गरि ५७ जना प्रतिस्पर्धामा उत्रेका थिए । बाँकी ४९ उम्मेदवारले चुनावी खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
२२ मे, २००८
पोखरा, ९ जेठ/भ्रष्टचार कम गर्न कानून र नीतिको शासन वलियो हुनुपर्ने कुरा एक कार्यक्रममा औल्याएको छ ।असल शासन सञ्जालको आयोजनामा पोखरामा विहिबार संचालित नयाँ संविधानमा भ्रष्टचार न्यूनिकरणका एजेण्डा विषयक वहस कार्यक्रमका सहभागिहरुले नेपालमा कानून भन्दा राज्य र प्रधान मन्त्री माथि रहेको विचार व्यक्त गरेका छन ।
२२ मे, २००८
पोखरा, ९ जेठ/नेपाल राष्ट्रबैंकले बजारमा नक्कली नोटको कारोबार बढदै गएपछि नेपाली नोटहरुमा स्तरीय सुरक्षा सम्बन्धी विशेषताहरु थप्दै लैजाने नेपाल राष्ट्रबैंकका अधिकारीहरुले बताएका छन् । \'नोटहरुमा स्तरीय सुरक्षा विशेषता थपिदाँ नक्कली नोटको कारोबारमा कमि आउने छ ।
२२ मे, २००८
पोखरा, ८ जेठ/मानवअधिकारवादी सुशील प्याकुरेलले नेपालस्थित संयुक्तराष्ट्रसंघीय मिसन अनमिन असफल भएको टिप्पणी गर्नुभएको छ । जवाफदेहिता निगरानी समितिद्वारा रिपोर्र्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उहांले कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठलाई अनमिनले निगरानी गरिरहेको शक्तिखोरस्थिति तेस्रो डिभिजनमा लगेर हत्या गर्दा पनि थाहानहुनुले उसको विश्वसनियतामा प्रश्न उठेको बताउनुभयो ।
२१ मे, २००८
पोखरा, ८ जेठ/गण्डकी साहित्य संगमले यस वर्षो गोकुल साहित्य पुरस्कार मोहन बैद्य \'चैतन्य\'लाई प्रदान गरिएको छ । बैद्य संविधान सभा सभासद तथा नेकपा माओवादीका बरिष्ट नेता समेत हुन् ।
२१ मे, २००८
पोखरा, ८ जेठ/बर्सायामसँगै पर्यटन क्षेत्रमा अफ सिजन शुरुभएको छ । आउँदो सिजनमा पर्यटन आगमनमा उत्साहजनक बृद्धि हुनेमा पर्यटन व्यवसायी विश्वस्त छन् । शान्ति स्थापनासँगै पर्यटन क्षेत्रमा देखिएको सुधारले पोखरेली पर्यटन व्यवसायी धेरै आशावादी छन् ।
२० मे, २००८
पोखरा, जेठ ७ गते/रेडियो बाराहीले बुद्धजयन्तीको सर्न्दर्भमा आयोजना गरेको शान्तिका लागि कविता प्रतियोगितामा खुल्लातर्फस्याङ्गजाका इन्द्र राना \'प्रतीक तथा विद्यालयस्तरीय कविता प्रतियोगितामा स्याङ्गजा पुतलीबजारस्थित श्रवण मावि कक्षा ९ का विक्रम दर्जी प्रथम भएका छन् ।
२० मे, २००८
पोखरा, जेठ ७ /गोर्खा भूतपुर्व बेलायती सैनिक -गेसोको आन्दोलनलाई बेलायती जनताले र्समर्थन गरेको सम्बन्धित आन्दोलनकर्ताले जानकारी दिएका छन् ।
२० मे, २००८
बुद्धजयन्तीको सर्न्दर्भमा रेडियो बाराहीले आयोजना गरेको कविता प्रतियोगितामा सहभागी प्रतियोगीका कवितामध्ये दुबै विधाका उत्कृष्ट १०/१० कविता छनौट भएका छन् ।जेठ ७ गते बुद्धजयन्तीको दिन हुने प्रतियोगिताका लागि दुबै विधाका लागि १ सय ८९ वटा कविता प्राप्त भएका थिए ।
१९ मे, २००८
पोखरा, ६ जेठ/ नेपाली काँग्रेसमा राजावादी खेमामा देखिएका नेता तारानाथ रानाभाटले राजसंस्था नरहे मुलुक विखण्डन हुने चेतावनी दिनु भएको छ ।
१८ मे, २००८
पोखरा, ५ जेठ । जनआन्दोलनका सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीले आइतवार १० सुत्रिय माग सहित प्रमुख जिल्ला अधिकारी बलिरामप्रसाद सिंहमार्फ प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ ।
१८ मे, २००८
पोखरा, ५ जेठ । साझा प्रकासनमा विद्यालय स्तरका पाठ्यपुस्तकहरु अपर्याप्त भएपछि भएका पुस्तकहरु पनि जेठ १२ गतेसम्म साझा प्रकासनले व्यवसायीलाई विक्रि वितरण नगर्ने सहमती भएको छ ।
१८ मे, २००८
कास्की, ५ पोखरा, तमूहरुको वाहुल्य रहेको गण्डक प्रदेशलाई तमुवान राज्य समिति वनाउन विभिन्न राजनीतिक दलका सभासदहरुले एक मत जाहेर गरेका छन । तमु धि कास्कीले आफ्नो २४ औं वाषिर्कोत्सवका अवसरमा तमूजातीका तर्फाट विजयी सभासदहरुलाई सम्मानका लागि आयाेति कार्यक्रममा उनीहरुले यस्तौ मत जाहेर गरेका हुन् ।
१८ मे, २००८
पोखरा, ५ जेठ/पोखरा औद्योगिक क्षेत्रभित्र रहेको पोखरा र्फम इण्डष्ट्रिजमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ । र्फम इण्डष्ट्रिजमा कटिङ काम गर्दै गरेको अवस्थामा मेशिनले घुडाँदेखि कम्मरसम्म काटेपछि ३२ वषिर्य कामदार बद्रीप्रसार दाहालको मृत्यु भएको हो ।
१८ मे, २००८
कास्की, ५ जेठ । रेडियो अन्नपुर्ण ९३.४ ले आफ्नो सातौँ वाषिर्कोत्सवको अवसरमा हिजो पोखरामा आयोजना गरेको कार्यक्रममा दोस्रो अन्नपुर्ण म्युजिक अवार्ड २०६५ बाट विभिन्न क्षेत्रका करिब एक दर्जन व्यक्तित्व सम्मानित भएका छन् ।
१७ मे, २००८
पोखरा, जेठ ३/ रेडियो बाराही ९९.२ मेघाहर्जले २५५२ औं बुद्धजयन्तीको अवसरमा यही जेठ ७ गते शान्तिका लागि कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । खुल्ला तथा विद्यालयस्तर गरी दुई विधा रहने सो प्रतियोगितामा सहभागी बन्न प्रतियोगिहरुले आफ्नो कविता बुझाउने क्रम जारी छ ।
१७ मे, २००८
पोखरा, ३ जेठ/साना नानीहरुको गीतबाट कार्यक्रम शुरु भयो । चर्को घाम नलाएपनि गर्मीले उकुस मुकुस बनाएको पोखरा सभागृहमा शुक्रबार संगीतमय बन्दा र्सवसाधारणले त्यसको अनुभूति खासै गर्न भ्याएनन् ।\'करोडौंको मुटुमा नेपाल छ कि छैन\' लोकतन्त्र जिन्दावाद, शिक्षामा राजनीति चल्दैन\' फिस्टेल एकेडेमीका विद्यार्थीहरुले देखाएको नृत्यबाट शुरुभएको दोस्रो वाषिर्क म्युजिक अवार्ड करीव साढे तीनघण्टा निरन्तरसम्म चल्यो ।
१६ मे, २००८
जेष्ठ ३ पोखरा/ नेपाल सेभेन ए साइड फुटवल महासँघले आफ्नैं आयोजनामा गत वैशाख १४ देखि २१ गते सम्म गरेको प्रथम पेप्सि अर्न्तराष्ट्रिय अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोगितामा द्धितिय स्थान हाँसिल गर्न सफल पोखरेली खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।
१६ मे, २००८
 पोखरा, १ जेठ/भोलि शुक्रबार रेडियो  अन्नपूर्णले दोस्रो वाषिर्क म्युजिक अवार्ड वितरण गर्ने भएको छ । अवार्ड वितरण कार्यक्रमको आवश्यक तयारी पुरा भएको समेत रेडियोले जनाएको छ।
१५ मे, २००८
पोखरा, २ जेठ/छ बुन्दे पोखरा घोषणापत्र जारी गर्दै बिहीबार एचआइभी संक्रमितहरुको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । संक्रमितहरुलाई उपचार र हेरचाह, औचित्यपुर्ण सहभागिता र लघुऋणको माग गर्दै कार्यान्वयनमा जोडदिएका छन् ।
१५ मे, २००८
पोखरा, २ जेठ/नेपाल पत्रकार महासंघ कास्कीले स्व गजेन्द्रभण्डारी स्मृति सृजनशिल पत्रकारिता पुरस्कार पत्रकारद्वय भेषराज आचार्य र आरजु विष्टलाई प्रदान गरिएको छ । लामो समयसम्म पत्रकारिता क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँहरुलाई बिहीबार आयोजित कार्यक्रममा उक्त सम्मान गरिएको हो ।
१५ मे, २००८
पोखरा, १ जेठ/नेपका माओवादीको भातृ संगठन वाईसियलले कास्कीकोटस्थित पामेबजार नजिकै स्थानीय पाँचजना र्सवसाधारणमाथि बुधबार दिउँसो निर्घातकुटपिट गरेका छन् । वाईसियलको कुर्टाईबाट घाइतेभएका पाँचैजनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
१४ मे, २००८
पोखरा, १ जेठ/भोलि शुक्रबार रेडियो अन्नपुणले दोस्रो वाषिर्क म्युजिक अवार्ड वितरण गर्ने भएको छ । अवार्ड वितरण कार्यक्रमको आवश्यक तयारी पुरा भएको समेत रेडियोले जनाएको छ।
१४ मे, २००८
पोखरा, १ जेठ/एचआइभी संक्रमितहरुले संक्रमितलाई दिने औषधी एन्टी रेक्टो भाइरल-एआरभीको प्रयाप्त उपलब्धता र स्वेच्छिक रक्त परीक्षण तथा परामर्श-भीसीटी जिल्ला जिल्लामा हुनुपर्ने माग गरेका छन् ।
१३ मे, २००८
पोखरा, ३१ बैशाख/सिड फाउण्डेशन नेपालले कास्कीको दुगम क्षेत्रका आधा दर्जन विद्यालयको भौतिक पुवाधार तयार पार्न १ करोड १४ लाख आर्थिक सहयोग जुटाएको छ । फाउण्डेशनकै सहयोगमा ४ वटा विद्यालयको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेका छन भने ६ वटा विद्यालयको भवन भने आउँदो असोजदेखि निर्माण कार्य शुरु गरिने छ ।
१३ मे, २००८
पोखरा, ३१ बैशाख/अदालतले तोकेको दण्ड जरिवानाको रकम बक्यौताको वर्षोनी थपिदैं गएको छ । दण्ड जरिवाना रकम असुल हुन नसक्दा कास्कीमा मात्र बक्यौता तीन करोड रुपियाँ भन्दा बढी बक्यौता रहेको छ ।
१२ मे, २००८
पोखरा, ३० बैशाख/माछापुच्छ्रे एफ एम ९१ मेगाहर्जले आफ्नो आठौ बाषिर्कोत्सव समारोहमा टिकामाया गर्न्धर्वलाई सम्मान गरेको छ । लोक साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै उहाँले सम्मान गरिएको हो ।  गर्न्दर्वलाई एफ एमका निर्देशक देव क्षेत्री र स्टेशन म्यानेजर सरोज गोपाल ब्रजार्चायले दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।
१२ मे, २००८
पोखरा, ३० बैशाख/डा बावुराम भट्टर्राईको पत्रकार सम्मेलनमा पुगेका पोखरेली सञ्चारकर्मी निराश बनेर फर्किए । तमुवान राज्य समितिको पाँचौ पुर्ण बैठकमा आउनुभएका डा भट्टर्राईले सोमबार पोखराका सञ्चारकर्मीसित कुराकानी गर्न बोलाएपनि डा भट्टर्राई नबोल्ने बताएपछि सञ्चारकर्मी रित्तै फर्किएका हुन् ।
‹ First  < 23 24 25 26 27 28 29 >  Last ›