खेल समाचार   अभिलेखालय
५ जुन, २००८
पोखरा, २२ जेठ/फिफा बरियतामा नेपालको स्थान क्रमिक रुपमा सुधार हुदैं गएको छ । चैतभन्दा अघिसम्म १ सय ८६ औं स्थानमा रहेको नेपाल जेठको तेस्रो साता आइपुग्दा १ सय ७८ औं स्थानमा उक्लिइएको छ ।
४ जुन, २००८
पोखरा, २१ जेठ/भरपर्दा र आशलाग्दा खेलाडीहरु चोटग्रस्त बनेपछि नेपालले मालदिप्समा शुरुभएको छैटौं साफ फुटबल च्याम्पियसिपमा भारतसित सहज हार व्यहोरेका छ । मिडफिल्ड र डिफेन्सलाई मजबुत बनाएको नेपालले मंगलबार समूह एमा भारतको पहिलो खेलमा ४-० ले पराजित भएको छ । समुह एमा नेपाल, भारत, माल्दिप्स र पाकिस्तान छन् । दुई वर्षघि नेपालले भारतलाई पहिलो एएफसी च्यालेन्ज कपमा ३-० ले पराजित गरेको थियो ।
२ जुन, २००८
पोखरा,१९ जेठ/पोखरेली खेलाडी सिपोरा गुरुङ यही जुन १२ देखि १५ तारिखसम्म जकार्तामा हुने दक्षिण एशियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छिन् । उक्त च्याम्पियसिपमा उनीसहित अन्य दुई जना पनि विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । सिपोराले जकार्तामा हुने एथलेटिक्स च्याम्पियनसिपमा ४ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् ।
२९ मे, २००८
काठमाडौँ, १६ जेठ । अन्तरराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आज आयोजित अन्तरराष्ट्रिय एभरेस्ट म्याराथुन प्रतियोगितामा दीपककुमार र्राई प्रथम हुनुभएको छ ।
२८ मे, २००८
पोखरा, १५ जेठ/महिला राष्ट्रिय हृयाण्डबल टोली लज्जास्पद प्रदर्शनपछि स्वदेश फर्किएको छ । नेपाली टोलीले लिगका तीनै खेल पराजित भएको थियो ।
२७ मे, २००८
पोखरा, १४ जेठ/सहारा युकेले सातौं गोर्खाकपको उपाधि रक्षा गरेको छ । साविक विजेता सहारा युकेले फाइनलमा इन्टेक ९९ क्लबलाई १-० ले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
२६ मे, २००८
पोखरा, १३ जेठ/निकै महत्वपुर्ण मानिएको निर्णायक खेलमा नेपालले कम्बोडियालाई कठिन रुपमा पन्छाउँदै एएफसी च्यालेन्ज कपको अन्तिम चरणको यात्रामा आफुलाई प्रस्तुत गरेको छ । सोमबार भएको निर्णायक खेलमा नेपालले कम्बोडियालाई १-० ले पराजित गर्दा नेपाली स्ट्राइकर नेपाल पुलिसका जुमानु र्राई नायक बनेका थिए ।
२५ मे, २००८
१२ जेठ, नेपालगंज । नेपालगञ्ज रगङ्शालामा सुरु भएको २०-२० ओभरको रात्रिकालिन कि्रकेट प्रतियोगिताको शनिबारराति भएका खेलमा पत्रकार समुह र सनलाईट स्पोर्टस क्लब बिजयी भएका छन ।
२५ मे, २००८
खस्यौली -रूपन्देही, १२ जेठ । दुई हजार ५५२ औँ बुद्धजयन्तीको अवसरमा एसियन युथ क्लब, दीपनगरद्वारा यहाँ खुल्ला नकआउट भलिबल प्रतियोगिता सुरु गरिएको छ । सो प्रतियोगितामा लुम्बिनी अञ्चलका ११ टिमको सहभागिता छ ।
२५ मे, २००८
पोखरा, ११ जेठ/गतिला र भरपर्दा स्ट्राइकरको अभाव झेल्दै एएफसी च्यालेन्ज कप खेल्न कम्बोडिया पुगेको नेपाली टोलीले मकाउ विरुद्ध शनिबार कठिन जित दर्ता गर्दै दोस्रो चरणको प्रवेशको बाटोलाई सहज बनाएको छ ।
२२ मे, २००८
पोखरा, ९ जेठ/पोखरा वेसबल क्लबले नेपाल बेसबल च्यम्पियसिपको उपाधि उचालेर घर फर्किएको छ । अल नेपाल वेसवल क्लवको आयोजनामा भक्तपुर खेल मैदानमा सम्पन्न एक दिवसिय प्रथम नेपाल वेसवल च्याम्पीयनसिप-२००८ मा पोखरा वेसवल क्लवले युवा विकास केन्द काठमाडौं लाई ३ का विरुद्ध १० रनले हर्राई प्रथम नेपाल वेसवल च्यम्पियनसिपको उपाधि उचालेको हो ।
२१ मे, २००८
८ जेठ, भैरहवा । भारतको लखनउमा आयोजना हुने तेश्रो दक्षिण एशियाली महीला हृयान्डबल प्रतियोगितामा सहभागीता जनाउन नेपालको राष्ट्रिय महीला हृयान्डबल टोली आज त्यस तर्फ प्रस्थान गरेको छ ।
१९ मे, २००८
पोखरा, ६ जेठ/गोलकिपर सागर गुरुङको निर्णायक पेनाल्टीमा सोसियल पब्लिकले सिर्सताको भिडन्तमा सोमबार बाजी मारेको छ । अन्तिम पेनाल्टी प्रहार गर्न आएका सागरले निर्णायक गोल गरेपछि सोसियल पब्लिकले ज्ञानकुन्जमाथि टाइब्रेकरमा ४-२ ले पराजित गरेको हो ।
१८ मे, २००८
पोखरा, ५ जेठ/ज्ञानुकन्ज र सोसियल पब्लिकले राजधानीमा सञ्चालन हुने राष्ट्रिय विद्यलयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिताको लागि आफनो उपस्थिति निश्चित बनाएका छन् ।
१८ मे, २००८
पोखरा, ५ जेठ/नेपाल गणतान्त्रिक खेलकुद महासंघ कास्कीको आयोजनामा पोखरामा सञ्चालित ४५ माथिको भेट्रान्स ५ किलोमिटर दौडमा डबलसिंह पुन विजयी भएका छन् । कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष खेम गुरुङ द्धितिय र गोप श्रेष्ठ तृतीय भएका छन् ।
१७ मे, २००८
पोखरा, ३ जेठ/मझेरीपाटन तेक्वान्दो डोजाङ र वडा नं १८ तथा १४ को संयुक्त आयोजनामा दोस्रो जुनियर तथा सिनियर कास्की जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुरुभएको छ ।शुक्रबारदेखि शुरुभएको उक्त प्रतियोगितामा विभिन्न कास्कीका १४ वटा डोजोको सहभागिता रहेको छ । प्रतियोगितामा २० केजी तौल समुहदेखि ६२ केज तौलसमुहसम्म ३ सय ८ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।
१७ मे, २००८
पोखरा, ३ जेठ/कास्की जिल्ला फुटबल संघको आयोजनमा पोखरा रंगशालामा सञ्चालित विद्यालयस्तरीय फुटबल प्रतियोगिता अर्न्तर्गत शुक्रबार शान्ति निकुन्जले ज्योतिकुन्जलाई टाइबे्रकरमा ६-५ गोल अन्तरमा पराजित गरेको छ ।
१६ मे, २००८
पोखरा, ३ जेठ/भारतको लखनउमा हुने तेस्रो दक्षिण एशियाली महिला हृयाण्डबल प्रतियोगिताको लागि सहभागि जनाउन नेपाली महिला राष्ट्रिय टोलीको शुक्रबार विदाई गरिएको छ । टोली शुक्रबारै भैरहवामा बस्ने छ भने चारदिनको बन्दप्रशिक्षणपछि लखनउ प्रस्थान गर्ने छ ।
१६ मे, २००८
काठमाडौँ, २ जेठ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)र ग्रिनल्यान्ड स्कुलको संयुक्त आयोजनामा यही जेठ १२ गतेदेखि राष्ट्रव्यापी अन्तरविद्यालय छात्रा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
१५ मे, २००८
पोखरा, २ जेठ/कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय फुटबल प्रतियोगिताको प्रि क्वार्टरफाइनल खेल बिहीबार सम्पन्न भएको छ ।
१३ मे, २००८
पोखरा, ३१ बैशाख/कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित विद्यालयस्तरीय फुटबल प्रतियोगितामा मंगलबार ज्ञानुकन्ज, आदर्श बोर्डिङ, पार्दी र गण्डकी आवासिय विद्यालयले जितेका छन् ।
१२ मे, २००८
पोखरा, ३० बैशाख/पोखरा रंगशालामा सञ्चालित अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगितामा सोमबार फिस्टेल एकेडेमीले कालिका उच्चमाविलाई पराजित गर्दा लोट्स ऐकेडेमीले लिटिल स्टेपलाई टाइब्रकेरको शिकार बनाएको छ ।
१२ मे, २००८
पोखरा, २९ बैशाख/कास्की जिल्ला फुटबल संघको आयोजना पोखरा रंगशालामा सञ्चालित विद्यालयस्तरीय फुटबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन्।
१० मे, २००८
पोखरा, २८ बैशाख/कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय फुटबल प्रतियोगितमा शनिबार पाँच विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । शनिबार सम्पन्न खेलमा सरकारी विद्यालयको हावी देखिएको छ ।
१० मे, २००८
पोखरा, २८ बैशाख/हृयाण्डबल संघको आयोजनामा शनिबार पोखरा रंगशालामा महिला हृयाण्डबल टोली छनोट गरिएको छ ।
१० मे, २००८
पोखरा, २८ बैशाख/हालै बंगालादेशमा सम्पन्न तेस्रो साफ च्याम्पियसिप उसु प्रतियोगितामा पदक विजेता पोखरेली खेलाडीलाई शनिबार एक समारोहका बीच सम्मानित गरिएको छ ।
९ मे, २००८
एन्फाको कार्यतालिका अनुरुप कास्की जिल्ला फुटबल संघको आयोजनामा शुक्रबारदेखि अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशालामा शुक्रबारदेखि शुरुभएको उदघाटन खेलमा गण्डकी आवासिय विद्यालयले दोस्रो चरणमा प्रवेश पाउँदा भारी वषाले दोस्रो खेल भने स्थगित हुन पुगेको छ ।
८ मे, २००८

पोखरा, २६ बैशाख/पश्चिमाञ्चल क्षेत्रीय विद्यालयस्तरीय फुटबल प्रतियोगिता आज बिहीबारदेखि पोखरा रंगशालामा शुरुहुदैं छ । प्रतियोगितामा कास्की जिल्लाका विद्यालयको मात्रै सहभागिता रहेको छ ।

८ मे, २००८
बेइजिङ, २६ वैशाख । बेइजिङ ओलम्पिक ज्योती बोकेको चिनियाँ टोलीले बिहीबार त्यस ओलम्पिक ज्योतीलाई विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याएको छ ।
‹ First  < 8 9 10 11 12 13 >