१ डिसेम्बर, २००८
अन्तिम लडाइ बाँकी छ- गिरिजाप्रसाद कोइराला
पोखरान्युज डट कम डट एन्पी
काठमाण्डौं

१६ मंसिर, काठमाण्डौं/ नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले अन्तिम लडाईको लागि प्रजातान्त्रिक शक्तिहरुलाई एक हुन आह्वान गर्नुभएको छ । उहाले त्यस्तो लडाइ प्रजातन्त्रको रक्षार्थ हुनेपनि प्रष्ट पार्नुभयो । ललितपुरमा आयोजित तेक्वान्दो खेलकुद प्रतियोगिताको उदघाटन गर्दै कोइरालाले संविधान सभा निर्वाचनमा पराजित हुदैमा नआत्तिकन मनोवल उच्च राख्न आग्रह गर्नुभयो । निर्वाचन एउटा लडाई मात्रै हो । यसमा हार्दैमा आत्तिनु हुदैन, कोइरालाले भन्नुभयो, अन्ति लडाई त बाकी नै छ । त्यसको लागि युवा खेलाडीहरुले पनि साथ दिनुपर्छ ।

उहाले प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र कानूनि राज्यको लागि कसैसग सम्झौता नगर्ने पनि वताउनुभयो । कोइरालाले खेलकुदमा डेप्लोमेटिक रोल हुने चर्चा गर्दै सरकारमा तनाव बढेको वेला पनि यो काम आउने बताउनुभयो ।


Reader's Comment(s)
haso lagyo sunda parchanda mukha btaa tasto kura ta suhaudaina hija samma hinsa phelaunya dand machauni tara aja ayara aysato kura sachi parchanda lai gafh pani suhaudo bolna naudo rahyacha tyo patha chahi hamra deska ka aru nyata haru sang sikuna ra bhasan chatun.
jiya, butwal
January 1, 1970, 12:00 am
Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...