काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तकोसीलगायत देशका अन्य भागमा आएको बाढीपहिरोमा परी पीडित जनताको राहतका लागि आफ्नो १० दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री दाहालले केही दिनअघि अप्रत्यासित रुपमा सप्तकोसी नदीको तटबन्ध फुटेर पुर्णरुपमा प्रभावित सुनसरी जिल्लाका श्रीपुर, हरिपुर र कुसाहा तीन गाविस तथा आंशिक डुवानमा परेका अन्य चार गाविसलगायत देशका अन्य भागमा आएको बाढी-पहिरोपीडित जनताको राहतका लागि सो पारिश्रमिक रकम प्रदान गर्नुभएको हो ।
