५ भदौ, बीरगंज । वीरगन्जको सिमावर्ती शहर रक्सौलस्थित अन्तर सिमापार महिला एबम् बाल ब्यापार सतर्कता पोष्टले नेपालबाट भारततर्फ लैजादै गरिएका रौतहटका छ बालकलाई उद्धार गरी पर्सा प्रहरीको जिम्मा लगाएको छ । १० देखी १४ बर्ष उमेरका ती बालकहरुलाइ भारततर्फ लैजान खोज्ने तीन जनालाई समेत पक्राउ गरी बाल मजदुर बिरुद्धको मुद्धा दायर गरेको छ । पोष्टले रौतहट लक्ष्मिनीया-९ का १२ बषिर्य हैदातुल्लाह, गम्हरीया-१ का १४ बषिर्य सन्तोष साह, गम्हरीया-४ का १० बषिर्य शेख जावेद, १२ बषिर्य महमद नौसाद, गम्हरीया- २ का १४ बषिर्य महमद अफ्ताव र १० बषिर्य सथि अहमद रहेका छन् । उनीहरुलाइ वीरगन्जस्थित इनर्वा प्रहरी चौकीको जिम्मा लगाइएको छ ।
बालकलाई भारत तर्फ लैजाने कार्यमा संलग्न रौतहट गम्हरिया-८ का शेख लालबाबु, गम्हरीया- ५ का शेख अफताव र गम्हरीया-२ का हकिकुल रहमान पक्राउ परेका हुन । उनीहरु अहिले भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् । उक्त संस्थाले बालकहरुको मानव अङ्ग बेचबिखन गर्न उनीहरुलाई लगिएको हुन सक्ने जोखीमका कारण उद्धार गरेको जनाएको छ ।
