काठमाडौँ, १२ भदौ । आर्थिक वर्ष२०६५-६६ को पहिलो साउन मसान्तसम्ममा रु. छ अर्ब ३१ करोड ८६ लाख निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । सोमध्ये चालु खर्चतर्फ रु. पाँच अर्ब ३८ करोड २८ लाख र पुँजीगततर्फ रु. ५३ करोड ५८ लाख तथा सावाँ भुक्तानीतर्फ रु. ४० करोड निकासा भएको छ । जुन गत वर्षो सोही अवधिको तुलनामा १६.५ प्रतिशतले बढी छ ।
निकासामध्ये सो अवधिसम्ममा चालु खर्चतर्फ रु. एक अर्ब ५५ करोड ६३ लाख खर्च भएको छ भने पुँजीगततर्फ रु. ४३ करोड २४ लाख तथा सावाँ भुक्तानीतर्फ रु. सात करोड ३१ लाख गरी रु. दुइ अर्ब ६ करोड १८ लाख खर्च भएको छ । जुन गत वर्षो सोही अवधिको तुलनामा ५०.७ प्रतिशतले बढी छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष२०६५-०६६ को साउन मसान्तसम्म रु. सात अर्ब ७१ करोड ६४ लाख राजस्व सङ्कलन भई आर्थिक वर्ष२०६४-६५ को सोही अवधिको तुलनामा ८.२ प्रतिशतले वृद्धि भएको छ ।
