२८ अगष्ट, २००८
गोली प्रहारबाट माओबादी कार्यकर्ताको मृत्यु,अर्का एक सख्त घाईते
पोखरान्युज डट कम डट एन्पी
पोखरा

१२ भदौ,कपिलबस्तु/ कपिलबस्तुको सुदुर पश्चिम शिबपुर गाबिस-६, हलौडीया नजिक बुधबार साँझ अज्ञात समुहले गरेको गोली प्रहारबाट एक माओबादी कार्यकर्ताको मृत्यु भएको छ भने अर्का एक सख्त घाईते भएका छन् । यसरी गोली प्रहार गरि हत्या गरिएकामा माओबादी कार्यकर्ता २८ बर्षका आषिश घर्ती रहेका छन् भने सख्त घाईते हुनेमा चुडाबहादुर खडका रहेको कुरा जिल्ला प्रहरी कार्यालले जनाएको छ । खडकाको अबस्था पनि चिन्ताजनक रहेको छ ।गोली प्रहारबाट सख्त घाईते भई उपचारका लागि बुटबल स्थित लुम्बिनी अंचल अस्पताल लगिएका घाईतेको उपचार गर्दा गर्दै आषिशको मृत्यु भएको हो ।
 घटनाको जिम्मेबारी तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्बाला सिंह समूहले लिएको छ । ईलाका ईन्चार्ज अजय सिंहको नेतृत्बमा गएको टोलीले उक्त हत्या गरेको कुरा ज्बाला सिंह समूहका एक नेताले बताएका छन् । यसैबीच घटनामा संलग्न भएको आरोपमा शेलेन्द्र चौधरीलाई प्रहरीले प्रकाउ गरेको छ । उनीबाट नाईन एमएमको एक थान अमेरिकन पेस्तोल पनि पक्राउ गरेको कुरा प्रहरीले जनाएको छ ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...