२८ अगष्ट, २००८
बर्साले ६ घर भत्कियो, एउटा पुल पनि बग्यो
पोखरान्युज डट कम डट एन्पी
पोखरा

पोखरा, भदौ १२/दुई दिनदेखि परेको अविरल बर्साले यहाँ छुट्टा छुट्टै ठाउँमा ६ वटा घर भत्किएका छन् । बर्साले २ घर पुर्ण रुपमा क्षेत्रि्रस्त भएका छन् भने अन्य ४ घरमा आशिंक रुपमा क्षेति पुगेको हो । आर्बाबीजय गाविस वडा नम्बर-४ कसेरीमा अविरल परेको बर्साले बिहिबार भवरसिंह गुरुङको घर भत्कीएको छ । उनको परिवार छिमेकीको घरमा शरण लिएर बसेको छ । त्यस्तै कसेरीकै राधाकृष्ण सिग्देल, बेसी बि.क. रणबहादुर बि.क. र गुरुप्रसाद ढकालको घरको पनि एकातिरको भित्ता भत्कीसकेको र भत्किने क्रमजारी रहेको राधाकृष्ण सिग्देलले जानकारी दिए । त्यसैगरी कालिका गाविस वडा नम्बर एक स्थित गाईने डाँडामा रहेको डिलबहादुर विकको घर पनि भत्किएको छ । बस्न नमिल्ने गरी घर भत्किएपछि विकको ४ जनाको परिवार छिमेकीको घरमा शरण लिएर बसेको स्थानिय नारायण बजगाईले जानकारी दिए । बर्साले सोही ठाउँका मानबहादुर विक र हरिबहादुर विक घर पनि खतरामा परेका छन् । घरभत्कने डरले उनीहरुले पनि घर छोडिसकेका छन् ।
त्यस्तै कास्कीको पुर्वी् भेकलाई पोखरामासँग जोड्ने राखी मिजुरे ग्रामीण सडक खण्डको विभिन्न ठाउँमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडक खण्डको नरसपुरको भीर, मूल्या लगायतका ठाउँमा मोटरर्साईकल पनि चल्न नमिल्ने गरी पहिरो खसेको स्थानिय गणेश भुजेलले जानकारी दिए । भुजेलका अनुसार कालिका गाविसस्थित सुन पधेँरीमा सोता खोलाले करिव १ सय ५० मुरी धान फल्ने खेतलाई बगर बनाएको छ । कास्की कै पुरनचौर र हेम्जा तुलसरा जोड्ने दोविल्लो चोकमा रहेको सेती नदी माथीको झोलुङ्गे पुल गएराती सेती नदिले बगाएको छ । पुल बगाएपछि दुई गाविसमा आवत जावत गर्न कठिनाई भएको स्थानिय बासीले जानकारी दिए ।
गत साउन ३२ गते पुलको आसपासमा लगाईएको जाली बगाएपछि कोल्टे भएको थियो । पुल कोल्टेभएपछि मर्मतका लागि स्थानीयवासीले जिल्ला विकास समिति कास्कीमा निवेदन दिँदा पनि वास्ता नगरेकोले पुल बगेको आरोप मर्मत समितिका अध्यक्ष शेखर गौतमले लगाए । पुल नजिकै गाईफारम खोलेर वस्नु भएका स्थानीयवासी रुद्रनाथ गौतमको घर भन्दा ५० मिटर अघिबाट सेती नदि बगि रहेको छ भने उनको घर जोखिममा रहेको छ।
उता अविरल बर्साले पुरन्चौर र हेम्जा जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुरन्चौर बडा नम्बर ८ र हेम्जाको लुकसतरा जोड्ने पुल सेती नदीमा पानीको मात्रा बढेका कारण बुधबार राती बगाएको हो । पुल बगाउनाले गर्दा गाँउलेहरुको सेती नदी तरि गरिने आवतजावतमा कठिनाई भएको छ । गाँउलेहरुले पुल निर्माण गरिदिन जिल्ला विकास कार्यालय कास्कीमा निवेदन दिएको भएपनि त्यसको जिविसले कुनै वास्ता नगरेपछि जिफन्टको सहयोगमा गाँउलेहरुले सो कच्ची पुल बनाएका थिए ।





 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...