२८ अगष्ट, २००८
गौतम दोश्रो मर्यादाक्रममा
पोखरान्युज डट कम डट एन्पी
पोखरा

काठमाण्डौं, १२ भदौ/मर्यादाक्रमको बिवाद टुंगिएपछि भोली एमालेका मन्त्रीहरुले सपथ लिने भएका छन । माओबादी संसदीय दलको कार्यालय सिंहदरवारमा प्रधानमन्त्री एवं माओबादी अध्यक्ष प्रचण्ड एवं एमाले महासचिव झलनाथ खनालबीच भएको छलफलमा एमालेको तर्फवाट सरकारमा नेतृत्व गर्ने बामदेव गौतमलाई दोश्रो मर्यादाक्रममा राख्ने सहमति भएपछि एमाले सरकारमा सहभागि हुने भएको हो ।६ दिन अघि माओबादी र मधेसी जनअधिकार फोरमका मन्त्रीहरुले सपथ लिएपनि एमालेले अन्तिम अवस्थामा सपथ नलिने बताएको थियो । 
 
 
प्रधानमन्त्रीपछिको दोश्रो मर्यादाक्रममको दाबी गरिरहेको एमालेले त्यसो नभए सरकारमा सहभागि नहुने बताएको थियो । एमाले महासचिव झलनाथ खनालले मर्यादाक्रममो बिवाद टुंगिएकोले एमालेका मन्त्रीहरु भोली सपथ ग्रहणमा सहभागि हुने जानकारी दिनुभयो । तर उहाँले यसअघि सिफारिस गरिएका ६ नाउमा कुनै फेरवदल नहुने बताउनुभयो ।यसअघि सो पार्टीले गौतम सहित, रामचन्द्र झा, किरण गुरुङ, बिष्णु पौडेल, अष्टलक्ष्मी शाक्य र गोपाल शाक्यलाई मन्त्रीमण्डलमा सिफारिस गरेको थियो । तर एमाले केन्दि्रय सदस्य भिम रावल लगायतका केही केन्दि्रय सदस्यले सुदुर पश्चिम तथा महिलालाई उपेक्षा गरेको भन्दै पार्टीप्रति सार्वजनिक रुपमै असन्तुष्टि ब्यक्त गरेका थिए ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...