२९ अगष्ट, २००८
परराष्ट्रमन्त्री यादव-भारत प्रस्थान
पोखरान्युज डट कम डट एन्पी
पोखरा

काठमाडाँै, १२ भदौ । परराष्ट्रमन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को दसौँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा आज अपराहृन त्यसतर्फप्रस्थान गर्नुभयो ।

परराष्ट्र मन्त्रिस्तरीय सो बैठक भोलि बस्नेछ । बैठकमा दक्षिण र दक्षिण-पूर्वी एसियाका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाका अनुसार बिमस्टेक बैठकका क्रममा मन्त्री यादवले सप्तकोसी बाँधका कारण उत्पन्न समस्याका विषयमा भारतका परराष्ट्रमन्त्रीसँग छुट्टै भेटघाट गर्नुहुनेछ ।

मन्त्री यादवले भारतीय समकक्षीसँग कोसी बाढीका कारण झन्डै १० किलोमिटर सडक भत्किएर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएकाले भारतीय भूमिको प्रयोग गरी वैकल्पिक मार्ग खुलाउन तथा नेपालमा समस्याका रूपमा देखापरेको चामल र चिनीको सहज आपूर्तिका लागि पहल गर्न वार्ता गर्नुहुने जानकारी पनि प्रवक्ता थापाले दिनुभयो ।


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...