१९ नोभेम्बर, २००८
नेपाल पर्यटन वर्ष २०११ भव्य रूपमा सफल बनाउछौं- मन्त्री यमी
पोखरान्युज डट कम डट एन्पी
काठमाडौं

काठमाडौं, ४ मंसिर/ पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमीले नेपाल पर्यटन वर्ष२०११ लाई सफल पार्न सरकार पुर्वाधार निर्माण र तयारीमा लागेको बताएकी छन् । पर्यटन बोर्डको दसौं वाषिर्कोत्सव कार्यक्रममा अहिलेको अनकूल राजनीतिक वातावरण पर्यटन विस्तारको प्रमख आधार भएको बताउदै यसलाई अझ गति दिन सरकार प्रतिबद्ध रहेको उनले बताइन् । सरकारले २००८ लाई पुर्वाधार विकास वर्ष २०११ लाई नेपाल पर्यटन वर्ष घोषणा गरेको छ, उनले भनिन्, दोस्रो अन्तरास्ट्रीय विमानस्थल, दुईवटा क्षेत्रीय विमानस्थल र अन्य आन्तरिक विमानस्थल विस्तर र स्तरोन्नतिको काम हदै छ । त्रिभवन विमानस्थललाई सविधासम्पन्न बनाउने प्रयास भइरहेको बताउदै उनले भनिन्, यसबाट सरकारको संवेदनशीलता झल्कन्छ । जिर्ण अवस्थामा गुज्रिइरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वाय सेवा निगमका लागि दुईवटा ठूला जहाज खरिद गर्न प्रक्रिया सर भएको जानकारी पनि उनले दिइन् ।

जहाज खरिद गर्न सरकार जमानी बस्ने घोषणा बजेट वक्तव्यमा गरिएको थियो । अन्तरास्ट्रीय उडानका लागि जहाज नहदा पर्यटक आगमन बढ्न नसकेको व्यवसायीले बताउदै आएका छन् । अक्टोबर एक महिनामै हालसम्मकै सबैभन्दा बढी ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । बोर्डका प्रमख कार्यकारी प्रचण्डमान श्रेष्ठले शान्ति र राजनीतिक स्थिरताका कारण पर्यटन विस्तारको ढोका खला भएको बताए । नेपालमा रहेका प्रायः सबै कूटनीतिक नियोगले ट्राभल एड्भाइजरी अनकूल राखेकाले हिमाली मलकको छवि संसारभर अझ बढेको उनले बताए ।


Post your comments here
समाचार
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...
बाबियाचौर -म्याग्दी, २२ पुस/ म्याग्दी जिल्लाको सिङ्गा गाविसमा पर्ने सुर्केमेला र वास्कुनाका बासिन्दाको लागि फलफूल र बेमौसमी तरकारीखेती मुख्य आयस्रोत बनेको छ । त्यस क्षेत्रमा..
मङ्गलबारे -इलाम, २२ पुस/ लोडसेडिङले देश नै डुब्न लागिरहेको बेला इलामको पश्चिमी एक विकट गाविसका स्थानीयवासी रातभर उज्यालोमा नै बिताउँछन् । स्थानीय प्रयासमा इभाङ्ग गाविसका...
तनहुँ, २२ पुस/ जिल्ला कारागार तनहुँका कैदीहरूले बनाएको मुढाबाट राम्रो बजार पाउन थालेपछि उनीहरू उत्साहित भएका छन् । पचास जनाले दैनिक ४०/४५ वटा मुढा बनाउँदा पनि मागअनुरूपको..
रामेछाप, २२ पुस/ रामेछाप अल्पसङ्ख्यक जातिको रूपमा चिनिने हायू जातिलाई सरकारले यस वर्षाट मासिक प्रतिव्यक्ति रु. एक हजार दिने कार्यक्रम ल्याएपछि जिल्ला प्रशासन कार्यालय....
वीरेन्द्रनगर, २२ पुस/ जिल्ला प्रहरी कार्यालय सुर्खेतले बाल विवाह गराएको आरोपमा यहाँ छ जनालाई पक्राउ गरेको छ । गत मङ्सिर २६ मा लाटीकोइली-८ बुदबुदीकी १४ बर्षिय बालिका...