४ मङ्सिर,काठमाडौं/ काठमाडौँको स्युचाटारका दुई युवाको हत्या भएको विरोधमा बुधबार स्थानीयवासीहरुले कलंकी क्षेत्रमा चक्का जाम गरेका छन् । चक्का जामका कारण राजधानीबाट बाहिर जाने सवारी साधनहरु जान सकेका छैनन् । यसैगरी काठमाडौंका विभिन्न क्याम्पसहरु अगाडि पनि नेपाल विद्यार्थी संघले विरोध गरेको छ । माओवादी निकट वाईसिएल कार्यकर्ताले गत कार्तिक ४ गते धादिङको मलेखुबाट अपहरण गरेका दुइ युवाको शव धादिङको पीडा गाउँ विकास समिति दरियाल खोलामा भेटिएको छ । अपहरित पुष्कर डंगोल र निर्मल पन्तको शव पारिवारिक सदस्य, इन्सेक प्रतिनिधि सहितको टोलीद्वारा काठमाडौं ल्याइएको छ । दुबै शव अहिले पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।