१९ नोभेम्बर, २००८
नयाँ संविधानमा बाल अधिकार शुनिश्चित गर्न आयोगको आग्रह
पोखरान्युज डट कम डट एन्पी
काठमाण्डौं

४ मंसिर, काठमाण्डौं/ राष्ट्रिय मानवअधिकार आयोगले नयाँ संविधानमा सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा, स्वास्थ्य र संरक्षण प्राप्तिलाई सुनिश्चित गर्न आग्रह गराएको छ । नयाँ नेपालको नयाँ संविधान , वाल अधिकारको पूर्ण सम्मान भन्ने नारा सहित भोलि मनाउन लागिएको १९ औ अन्तर्राष्ट्रिय बालअधिकार दिवसको पूर्व सन्ध्यामा संविधानको धारा २२ मा व्यवस्था गरेबमोजिमको बालअधिकार प्रत्याभूत गर्ने तर्फ आवश्यक पहल थाल्न र बालअधिकारसम्बन्धी विगतमा भएका प्रतिवद्धताहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न पनि आयोगले आग्रह गरेको छ ।

संविधानसभा मार्फत् संविधान लेखनको अहिलेको महत्वपूर्ण समयमा राज्यका विभिन्न निकायहरूबाट समय-समयमा गरिएका बालअधिकारसम्बन्धी प्रतिबद्धताहरूको कार्यान्वयन स्थितिको समीक्षा गर्ने बेला आएको आयोगले ठहर गरेको छ । नेपाल बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को पक्षराष्ट्र भइसकेको छ । जसले बालबालिकाका आधारभूत मानवअधिकार संरक्षण र परिपूर्ति गरी बालबालिकाको सर्वाङ्गणा विकासका लागि सम्बन्धित देशलाई उत्तरदायी बनाउँछ । सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोगसम्बन्धी इच्छाधीन आलेख २०००, बालबेचविखन, बाल वेश्यावृति र अश्लील कार्यमा बालबालिकाको प्रयोग विरुछको इच्छाधीन आलेख २०००, निकृष्ट प्रकारका बालश्रमसम्बन्धी आइएलओ महासन्धि, १९९९ मा समेत नेपालले हस्ताक्षर र अनुमोदन गरिसकेको छ ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....