२० नोभेम्बर, २००८
सिमा विवादवारे चीनले पनि वोल्नुपर्छ- उपप्रधानमन्त्री
पोखरान्युज डट कम डट एन्पी
काठमाण्डौं

५ मंसिर, काठमाण्डौं/ उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले कालापानी सिमा विवादको त्रिपक्षिय बिन्दुवारे चीनले पनि वोल्नुपर्ने बताउनुभएको छ । आज चीनियाँ उच्च स्तरीय सैन्य टोलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले दार्चुलाको त्रिपक्षिय सिमा बिन्दुवारे चीनले पनि वोल्नुपर्ने बताएको जानकारी दिनुभयो । उहाँले दार्चुला जिल्लाको नेपाल, भारत र चीनवीचको त्रिपक्षिय बिन्दुमा नेपाल र भारतवीच सिमा विवाद रहँदै आएको छ । उहाँले भन्नुभयो, नेपाल र चीनवीचको ऐतिहाँसिक कालदेखिको सम्बन्धको कारण पनि चीनले पनि वोल्नु पर्ने हो कि भन्ने कुरा राखे । नेपालले त्रिपक्षिय बिन्दु लिम्पियाधुरालाई कायम गर्नुपर्ने अडान लिदै आएको छ ।

उहाँले चीनिया सैन्य टोलीसँग मनाङ नाका खोल्न पनि आग्रह गरेको जानकारी दिनुभयो । त्यसैगरी चीनिया सैन्य टोलीसँगको भेटपछि रक्षा मन्त्री रामबहादुर थापा वादलले चीनसँग नेपालको सिमा विवाद नभएपनि पूर्वी, पश्चिमि र दक्षिणि सिमा ब्यवस्थित गर्ने क्रममा उत्तरी सिमा पनि ब्यवस्थित गर्नुपर्ने प्रस्ताव राखेको बताउनुभयो । उहाँले नेपाल सरकारले सिमा ब्यवस्थि तगर्ने नीति लिएको चिनिया टोलीलाई जानकारी गराएको बताउनुभयो । उहाँले खुल्ला सिमाको कारण चीन विरोधी गतिविधि भइरहेकोप्रति पनि सचेत गराएको जानकारी दिनुभयो । चीनिया सैन्य टोलीले नेपालको एक चीन नीतिको प्रशंसा गरेका थिए ।


Post your comments here
समाचार
इनरुवा, २२ पुस । सप्तकोसी नदीले क्षति पुर्‍याएको भारतको कटैयादेखि सुनसरी जिल्लाको पश्चिम कुसाहाको सबस्टेसन प्रसारण लाइनको १३२ किलोभोल्ट विद्युत् प्रसारणअर्न्तर्गतको टावरको पुनःनिर्माण कार्य थालिएको छ ।
सोफिया, बुल्गेरिया, २२ पुस । बुल्गेरिया, ग्रीस, मेसेडोनिया र र्टर्कीमा हुँदै आएको रुसी ग्यास आपूर्ति गए रातिबाट बन्द गरिएको बुल्गेरियाली वित्त तथा उर्जा मन्त्रालयले जनाएको छ ।
घोराही (दाङ), २२ पुस । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजीवी पत्रकार नियमावली लागु गरिने जानकारी दिनुभएको छ ।
परासी, २२ पुस । नवलपरासी जिल्लाको जुमनिया गाविस, वडा नं. ८ बाट दाउन्नेदेवी गाविस, वडा नं. ९ का खलीलउल्ला अन्सारी भनिने व्यापारी नाटे मिलालाई अपहरण गरी लैजाने क्रममा प्रहरीले दुइ  थान कटुवा पेस्तोलसहित सातजनालाई आज पक्राउ गरेको छ ।
कोलम्बो, २२ पुस । श्रीलङ्कामा नीजि क्षेत्रद्वारा सञ्चालित एक टेलिभिजन स्टेशनमा सशस्त्र व्याक्तिहरुको एक समूहले आक्रमण गर्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
मनिला, २२ पुस । फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौं प्रदर्शनकारीले गाजामा भइरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।