खजुरा (बाँके), १४ मङ्सिर । अखिल तर्राई मुक्ति मोर्चाले बाँकेको कम्दी गाविस वडा नं. ९ जबदहवास्थित रहेको शरद समसेर राणाको पुरानो घरमा गएराति बम विस्फोट गराएको छ ।
राति साढे ११ बजे मोर्चाका कार्यक्रर्ताले घरमा बसेका केही कामदारलाई बाहिर निकालेर सुतली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
विस्फोटबाट ठूलो क्षति नभए पनि घरका झयाल ढोका र भित्ताहरूमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालयका प्रमुख पर्वत केसीले बताउनुभयो ।राणाले तर्राईका थारुहरूको जग्गा कब्जा गरी थारुमाथि दमन गरेको आरोपमा कारबाही गरेको मोर्चाका सैन्य कमाण्डर विवेक थारूले बताउनुभयो ।
राणाका सबै परिवार छ/सात वर्षेखि अमेरिकामा बस्दै आउनुभएको छ ।