३० नोभेम्बर, २००८
उद्योग खुलाउन वार्ता जारी, औद्योगिक क्षेत्रको मूलगेटमा ताला
पोखरान्युज डट कम डट एन्पी
हेटौडा

१५ मंसिर, हेटौडा/ बिगत तीन दिनदेखि बन्द रहेका हेटौंडाका उद्योग खुलाउन अहिले उद्योगी ब्यवसायी र मजदुर प्रतिनिधिबिच वार्ता भइरहेको छ । हेटौंडा औद्योगिक क्षेत्रभित्र जारी वार्तामा उद्योग संघ, उद्योग बाणिज्य संघका प्रतिनिधि, औद्योगिक क्षेत्रका प्रबन्धक रत्नहरी गौतम र मजदुर प्रतिनिधिहरु सहभागि रहेका छन् ।

सरकारले तोकेको न्युनतम तलबसुबिधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका मजदुरहरुले छुट्टाछुट्टै उद्योग ब्यवस्थापनसंग सहमति गरी आजबाट १४ उद्योग संचालन गर्न दिएपनि अझै तीन दर्जन उद्योग बन्द नै रहेका छन् । यता बिहान ८ बजे मजदुरहरुले हेटौडा औद्योगिक क्षेत्रको मूलगेटमा ताला लगाएका छन् । मुल गेटमा ताला लगाएका कारण हेटौडाबाट कमानेतर्फ चल्ने यातायात ठप्प भएको छ । वार्ता सकारात्मक रुपमा अघि बढिरहेको बताइएको छ ।


Post your comments here
समाचार
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...