३० नोभेम्बर, २००८
हत्या गरिएका दुइ बालकको दाहसंस्कार
पोखरान्युज डट कम डट एन्पी
काठमाडौं

१५ मङ्सिर,काठमाडौं/ बेपत्ता भएको १२ दिनपछि हत्या गरिएका ताहाचलनिवासी दुइ विद्यँर्थीको शनिबार दाहसंस्कार गरिएको छ। सरकार र नागरिक संर्घष समितिबीच शुक्रबार पाँचबुँदे सहमति भएपछि सोही दिन पोस्टमार्टम गरिएका दुवै जनाको शनिबार दाहसंस्कार गरिएको हो। दुवै जनाको छुट्टाछुट्टै स्थानमा दाहसंस्कार गरिएको थियो। मृतकमध्ये रीतेश रौनियारको पशुपति आर्यघाट र आशिष मानन्धरको टंकेश्वरी घाटमा दाहसंस्कार गरिएको थियो। रीतेशको बिहान ११:३० र आशिषको दिउँसो ३:३० बजे अन्तिम श्रद्धाञ्जलीपछि दाहसंस्कार गरिएको थियो। शिक्षण अस्पतालमा पोस्टमार्टमपछि दुवै शव आर्यघाटमा लगिएको थियो।

मंसिर ३० गते घरबाट मोबाइल फिर्ता गर्न छाउनीतर्फलागेका दुवै जनाको शव चिन्नै नसकिने अवस्थामा काठमाडौं जिल्लाको महादेवबेसी-४, गुमाली सामुदायिक वनको खोंचमा फेला पारिएको थियो। अन्तिम श्रद्धाञ्जली दिन उनीहरू पढेका दुवै विद्यालयका विद्यार्थी, शिक्षँक, अभिभावक र आफन्त आर्यघाटमा पुगेका थिए। रौनियार बाफलस्थित विल्सन एकेडेमी र मानन्धर भुरुङखेलस्थित न्यु जेनिथ स्कुलमा ९ कक्षामा पढ्दै थिए। रौनियार र मानन्धरको शवमा ठूलो संख्यामा उपस्थित समुदायले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। रौनियारको उनकै बुबा विनोद रौनियार र मानन्धरको बाजेले दागबत्ती दिनुभएको थियो। अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेका दुवै विद्यार्थीका अभिभावक, शिक्षँक र आफन्त भक्कानिएका थिए। हत्यारालाई कारबाही नगरे आन्दोलन गर्न पछि नपर्ने उनीहरूले बताए।


Post your comments here
समाचार
काठमाडौं, पुस २२ / लगातार नौंपटक अवरूद्ध संसद् बैठक सुरू गर्न सत्तारूढ र प्रतिपक्ष दलबीच मंगलबार बिहान बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले यो बैठक बसिरहेको छ।
पोखरा, २१ पुस/कास्की जिल्ला फुटबल संघका पदाधिकारीहरुले अखिल नेपाल फुटबल संघको विधान संशोधन गरी स्थानीय क्लबहरुलाई केन्द्रको क्लबसरह अधिकार दिनुपर्ने सुभाव दिएका छन् ।
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...