१५ मङ्सिर,हेटौंडा/ जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतमा रहेका तीन बालकलाई शनिबार उद्धार गरिएको छ। टेलिफोन तार चोरेको अभियोगमा हिरासतमा राखिएका बैतडी दुगास्थान गाविस-९ का १२ वषीय सुरेश विष्ट तथा ठेगाना स्पष्ट नभएका १५ वषीय राजन लामा र १० वषीय अनिल सहनीलाई बालकल्याण समिति, पत्रकार र हिमराइट्सको रोहवरमा सिविन हेल्पलाइन हेटौंडाले उद्धार गरेको हो।
उद्धार गरिएका बालकहरूले प्रहरीले पाइपले पिटेको बताएका छन्। बालबालिकाले गल्ती गरे पनि ठूला बन्दीसरह राख्न नपाइने कानुनी व्यवस्था भएको तर प्रहरीले छुट्टै हिरासत नहुँदा त्यसो गर्न बाध्य भएको बताएको छ। हेल्पलाइनको संरक्षणमा रहेका बालकहरूको पारिवारिक अवस्था बुझी पुनर्स्थापना गरिने कार्यक्रम अधिकृत झवीन्द्र ज्ञवालीले बताउनुभयो।