३० नोभेम्बर, २००८
साझ्साझै प्रहरीमाथि फायरिङ, एक पक्राउ
पोखरान्युज डट कम डट एन्पी
जनकपुर

१५ मङ्सिर,जनकपुर/ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीमाथि शनिबार ७ बजे हतियारधारी समूहले संकटमोचन मन्दिरनजिक फायरिङ गरेको छ। प्रहरीमाथि फायरिङ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार संकटमोचन मन्दिरअगाडि सवारी जाँच गरिरहेको अवस्थामा बा१६प २९०८ नम्बरको हिरोहोन्डा मोटरसाइकलमा सवार भएर आएका तीन जना युवकले एक्कासि प्रहरीमाथि फायरिङ गरेका थिए।

फायरिङ गर्नेमध्ये दुइ जना युवक फरार भएका छन् भने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनपा-११ वस्ने मुकेश दत्तलाई लोडेड पेस्तोल र मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ। फरार भएका २ जनाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक यादवराज खनालले बताउनुभयो।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....