१५ मंसिर, बिराटनगर/ स्वायत्त लिम्बुवान राज्यको माग गर्दै संघीय लिम्बुबान राज्यपरिषदले आह्वान गरेको दुइ हडतालका कारण पूर्वका नौ जिल्लाको जनजीवन ठप्प भएको छ । गत चैत ६ गते सरकारसंग भएको पाँचबुँदे सहमति कार्यन्वयन हुनुपर्ने र राज्य पुनःसंरचना आयोग तत्काल गठन गर्नुपर्ने माग गर्दै परिषदले वन्द आह्वान गरेको हो । साथै परिषदले तत्काल राज्य पुनःसंरचना मन्त्रालय खारेज गर्नुपर्ने माग समेत गरेको छ । बन्दका कारण पूर्वी पहाडी जिल्ला इलामसहित मेची र कोशी अंचलका नौ जिल्लाको यातायात ठप्प भएको छ । मेची र कोशी राजमार्गमा सवारी साधन चलेका छैनन भने विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् ।