३० नोभेम्बर, २००८
सर्त पूरा नभई ज्वालासिंह वार्तामा नआउने
पोखरान्युज डट कम डट एन्पी
बाँके

खजुरा -बाँके,१५ मङ्सिर/ जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह समूहका केन्द्रिय अध्यक्ष नागेन्द्र पासवान -ज्वाला सिंहले सररकारले आफ्नो न्यूनतम् चार वटा र्सत पूरा नगरेसम्म वार्तामा आफु नजाने अडान राखेका छन् । भारतको अज्ञात स्थलबाट राष्ट्रिय समाचार समितिसँग फोनमा कुरा गर्दै अध्यक्ष पासवानले झुठा मुद्दा खारेज गरी बन्दी रिहाई, वार्ता टोलीको पुर्ण सुरक्षा, युद्धविराम र ज्वालासिंहको नाममा गाउँ-गाउँमा प्रहरी भिजिलान्तेद्वारा गरिएको ज्यादतिपुर्ण कार्यमा रोक चार वटा र्सत सरकारले पूरा गरे मात्र वार्तामा बस्ने उनले स्पष्ट गरे ।

अध्यक्ष पासवानको नेतृत्वमा रहेको ज्वाला सिंह समूह तर्राईमा आन्दोलनरत मध्येको ठूलो समूह मानिन्छ । सरकारले पठाएको एउटा पत्र आफूले पाएको र त्यसको उत्तर दिइसकेको तथा त्यसपछि दोहोरो सम्वाद नभएको उनले जानकारी दिए । हामी वार्ता विरोधी होइनौ, तर सरकार हाम्रो न्यूनतम र्सत स्वीकार गर्न तयार छैन भन्ने अध्यक्ष पासवानको आशङ्का थियो - साना समूहसँग वार्ताको नाटक गरेर सरकारले हाम्रो आन्दोलनलाई दमन गर्ने नीति त बनाएको छैन - साना समूहहरुसँग पनि वार्ता गर्नुपर्छ, तर शक्तिशाली समूहहरुसँग वार्ता नगरेसम्म सरकारको उद्देश्य पूरा हुँदैन भन्दै सरकारले वार्ताको टेबुलमा आएपछि जुनसुकै र्सतका बारेमा छलफल गर्ने भनिरहेको प्रसङगमा पासवानले त्यो सब ठग्ने कुरा हो भन्ने प्रतिक्रिया जनाए ।

विगतमा गरिएका सम्झौतालाई कार्यान्वयन नगरिएकाले टेबुलमा गएपछि सबै माग पूरा हुन्छन् भन्ने कुरामा आफूहरुलाई विश्वास नलागेको पनि उनले बताए । आफ्नो न्यूनतम र्सत पूरा गरे वार्तामा बस्ने र अन्य मागहरु टेबुलमा राख्दै जाने बताउँदै पासवानले सरकारले विश्वासको वातावरण नै नबनाएकाले कुन आधारमा वार्ताको टेबुलमा बस्ने भनी प्रश्न गरे । आपराधिक समूह पनि भन्ने अनि वार्ताको लागि सरकारी चिठ्ठी पनि पठाउने, यो सरकारको दोहोरो चिन्तन भएको उनको बुझाई थियो । तर्राईमा आन्दोलनरत चार साना समूहसँग सरकारले गरेको अनौपचारिक वार्तालाई आफुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया पनि उनले दिए । मेचीदेखि महकालीसम्मका २० जिल्लामा आफ्नो पार्टीले जिल्ला कमिटी रहेको भन्दै अध्यक्ष पासवानले तर्राई आन्दोलनलाई निश्कर्षा पुर्‍याउन हतियारसहितका सेना तयार गर्दै हिडेको खुलासा गरे ।

तर, सेना र हतियारको के कति छन् भन्ने बारे भन्न चाहेनन् । मधेशी जन अधिकार फोरमलाई संकेत गर्दै पासवानले मधेसको नाममा धोकेबाज नेताले आत्मर्समर्पण गरेर सत्तामा गएर मोजमस्ती गरिरहेको आरोप लगाए । तर्राईलाई औपनिवेश, जातीय, वर्गीय शोषण र छुट्टै सशक्त स्वतन्त्र राज्य बनाउन मुक्ति आन्दोलन थालिएको भएपनि धोकेबाज केही मधेसी पार्टीले थारु तथा मुस्लिम समुदायलाई उचालेर त्यसबाट विमुख गराउन थालिएको उनले बताए ।


Post your comments here
समाचार
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....
कञ्चनपुर,२२ पुस/ भारतबाट दैनिक ब्रोइलर कुखुरा र कालो हाँस भित्रिन थालेपछि दोधारा-चाँदनीका बासिन्दा त्रसित भएका छन्। भारतका विभिन्न भेगमा बर्डफ्लु देखा परेपछि नेपालमा प्रतिबन्धित...
November's attack on Mumbai must have had support from some official agencies in Pakistan, Indian Prime Minister Manmohan Singh has said.
२२ पुस,काठमाडौं/ नेपालमा एचआइभी एड्ससम्बन्धी दक्षिण एसियाली सद्भावना राजदूत भारतीय अभिनेत्री शबाना आजमी र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलबीच मंगलबार बिहान स्वास्थ्य..
काठमाडौं, २२ पुस/ निर्वाचन आयोगले संविधानसभाका रिक्त ६ स्थानमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका पदाधिकारीले मंगलबार उप प्रधान तथा गृहमन्त्री वामदेव...
सप्तरी, २२ पुस/ मिलको फित्तामा बेरिएर आज बिहान सप्तरीको नक्तिराइपुर गाविसमा एक बालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा राइपुर-८ निवासी चन्दर चौधरीकी १० बर्षिय छोरी लक्ष्मी रहेको...