३० नोभेम्बर, २००८
दाङमा करिब डेढ हजार क्षयरोगी
पोखरान्युज डट कम डट एन्पी
दाङ

तुलसीपुर -दाङ,१५ मङ्सिर/ दाङ जिल्लामा एक हजार ४१४ जना क्षयरोगी रहेको एक तथ्याङ्कले जनाएको छ । राष्ट्रिय क्षयरोग दिवसको अवसर पारेर राष्ट्रिय क्षयरोग केन्द्र दाङले गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको हो । नेपालमा अझै पनि ८० देखि ९० हजार मानिसहरुलाई कुनै न नकुनै प्रकारको क्षयरोगले सङ्क्रमण गर्ने गरेको जानकारी दिइएको थियो । अहिले क्षयरोगको औषधि स्वास्थ्य सँस्थाबाट निःशुल्क रुपमा वितरण भए पनि जनस्तरमा यसको पहुँच पुग्न नसकेकाले चेतनामूलक कार्यक्रमलाई अझै ग्रामीण स्तरमा पुर्‍याउनुपर्नेमा वक्ताहरुले जोड दिए ।


Post your comments here
समाचार
बागलुङ, २२ पुस । काडेबाँसबाट बागलुङ जिल्लाको सदरमुकामतर्फ आइरहेको ग.१त ११७० नं.को टयाक्टर मल्म गाविसको भीमसेन ढुङ्गामा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....