३० नोभेम्बर, २००८
पत्रकार हत्याविरुद्ध धनगढी बन्द, राजधानीमा जुलुस
पोखरान्युज डट कम डट एन्पी
काठमाडौं

१५ मङ्सिर,काठमाडौं/ पत्रकार जगत जोशीको हत्याको विरोधमा आइतबार कैलालीको धनगढी बजार बन्द गरिएको छ। माओवादी निकट संगठन तथा पत्रकारहरुले दोषीमाथि कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै धनगढी बन्द गराएका हुन् । उनीहरुलो अत्तरिया बजारसमेत बन्द गराएका छन् । यसैबीच पत्रकार महासंघको आयोजनामा धनगढीको जिविस चोकमा आइतबार ऐक्यवद्धता सभा गरिएको छ। सभामा महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघलगायतका संस्था सम्बद्ध संचारकर्मीको उपस्थिति थियो । त्यस्तै राजधानीमा पत्रकार हत्याको विरोधमा पत्रकार महासंघले शान्तिपूर्ण र्‍याली आयोजना गर्ने भएको छ।

अपरान्ह २ बजे नयाँ बानेश्वर चोकबाट निकालिने र्‍याली बबरमहलमा पुगी कोणसभामा परिणत हुनेछ । झण्डै दुई महिनाअघि बेपत्ता भएका कैलालीका पत्रकार जगत जोशीको कंकाल शुक्रबार स्थानीय चौकीडाँडामा भेटिएको थियो । सो घटनाबाट पत्रकारको सुरक्षाप्रति राज्य गम्भीर नभएको प्रष्ट भएको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् । साथै सोमबार महासंघले देशभर प्रदर्शन गर्ने भएको छ।


Post your comments here
समाचार
काठमाडौ, २२ पुस/ नेपाल एमेच्योर एथलेटिक्स संघको आसन्न चुनाब प्रक्रियागत र निष्पक्ष हुनेमा सम्बन्धितहरुले शंका ब्यक्त गरेका छन्। पुरानै स्थिति दोहोरिएमा एथलेटिक्स खेलले बिकासभन्दा..
काठमाडौं, २२ पुस/ पाँचौ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले पुसको अन्तिम साता राष्ट्रिय खेलकुद भेला गर्ने भएको छ। राजधानीमा पुस..
२२ पुष, काठमाडौं/ सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजिवी पत्रकार नियमावली लागू गरिने जानकारी दिनु भएको छ । क्रान्तिकारी पत्रकार संघ दाङले मंगलबार...
काठमाडौं, २२ पुस/ पुजारी नियुक्तिको विषयमा स्थानीय बासिन्दा र भण्डारीहरूले पशुपति क्षेत्रमा मंगलबार बिहानैदेखि विरोध प्रदर्शन सुरू गरेका छन्। विरोध प्रदर्शनका कारणा गौशाला क्षेत्रमा...
२२ पुस, काठमाण्डौ/ तीन सातादेखि अबरुद्ध ब्यवस्थापिका संसदको बैठक सुचारु गर्न मुख्य आठ दल सहमत भएका छन् । बिहान नौबजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा वसेको वैठकमा सत्तारुढ...
इनरुवा, २२ पुस/ जुट मजदुरको आन्दोलनका कारण आज तेस्रो दिन पनि कोसी राजमार्गको मोरङ-सुनसरीखण्ड अवरुद्ध भएको छ । न्युनतम रु.१९० ज्याला पाउनुपर्ने माग राख्दै तीन दिनदेखि...