३० नोभेम्बर, २००८
पछिल्लो दिनमा कुनै सम्पर्क छैन- ज्वाला सिंह
पोखरान्युज डट कम डट एन्पी
नेपालगंज

१५ मंसिर, नेपालगंज/ सरकारले वार्ताको लागि सकारात्मक भएका समुहहरुसँग नियमित सम्र्पक भइरहेको बताईरहेको वेला जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका अध्यक्ष ज्वाला सिंहले सरकारी पक्षले पछिल्लो दीनमा कुनै सम्पर्क नगरेको बताउनुभएको छ । बाँकेका सिमित संचारकर्मीहरुसँग टेलिफोनमा कुरा गर्दै सिंहले सरकारले वार्ताको लागि पठाएको एउटा पत्र आफूले पाएको र त्यसको जवाफ समेत दिइसकेको तर त्यसपछि दोहोरो सम्वाद नभएको स्पष्ट पार्नुभयो ।

सरकारी पक्षले औपचारिक वार्ताको तयारी गरिरहेको वेला उहाँले सररकारले आफ्नो न्यूनतम् चार सर्त पूरा वार्ता अघि पुरा गर्नै पर्ने बताउनुभयो । सिंह समुहले झुठा मुद्दा खारेज गरी बन्दी रिहाइ गर्नुपर्ने , वार्ता टोलीलाई पूर्ण सुरक्षा दिनुपर्ने , युद्धविराम गर्नुपर्ने र सुरक्षाकर्मीले ग्रामीण क्षेत्रमा जारी राखेको ज्यादतिपूर्ण कार्य रोक्नुपर्ने पूर्व शर्त राखेको छ । तर न्यूनतम शर्तहरु पनि पुरा गर्न सरकारले नचाहेको उहाँको बिष्लेषण थियो । उहाँले सरकारले साना समूहसँग वार्ता गरेर तराईका मुल प्रवाहको आन्दोलनलाई दमन गर्न खोजेको हुनसक्ने आशंका ब्यक्त गर्दै सरकारले अपराधिक समूह भनेकोलाई वार्ताको लागि चिट्ठी पठाएर दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो ।

तर केही साना समूहसग गरेको सरकारी वार्ता प्रयासलाई आफुहरुले सकारात्मक रुपमा लिएको बताउँदै आन्दोलनको मुख्य शक्तिलाई सरकारले उपेक्षा गर्नु नहुने बताउनुभयो । उहाँले सैन्य शक्ति विस्तारमा आफ्नो संगठनको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।


Post your comments here
समाचार
ललितपुर, २२ पुस । पाँच सय वर्ष भन्दा पुराना प्राचीन २१ वटा गुम्बा अझै पनि व्यक्तिका नाममा रहेको जानकारी गुम्बा व्यवस्था तथा विकास समितिले दिएको छ ।
काठमाडौँ, २२ पुस । यही पुस १७ गते बल्खुस्थित आफ्नो डेराबाट हराएका १४ महिने बालकको खोजी गर्न कालीमाटी वडा प्रहरी कार्यालयले अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली खटाएको छ ।
ललितपुर, २२ पुस । कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) अर्न्तर्गत माग गरिएका वैदेशिक कामदार लिने प्रक्रिया दुई महिनाका लागि स्थगन गरेको बताए पनि सो प्रणालीअर्न्तर्गत नेपाली कामदार रोजगार जाने क्रम भने रोकिएको छैन ।
गुलरिया, २२ पुस । मुक्तकमैया भूमिअधिकार सङ्र्घष समितिको आन्दोलन आजदेखि फेरि सुरु भएको छ । गत पुस १७ गते जिल्लास्थित राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय र मुक्तकमैयाका प्रतिनिधिहरूको र्सवपक्षीय बैठकमा मुक्तकमैया पुनःस्थापना आयोग गठनका लागि पहल गर्ने निर्णय भए पनि हिजोसम्म आयोग गठन नभएपछि समितिले आन्दोलनको घोषणा गरेको हो ।
वालिङ, २२ पुस । स्याङ्जा जिल्लाको वालिङमा दोस्रो पटक आयोजना गर्न लागिएको वालिङ महोत्सव तथा क्षेत्रीय औधोगिक व्यापार मेला - २०६५ को तयारी सुरु भएको छ ।
काठमाडौं, २२ पुस । मधेसी जनअधिकार फोरमका ३८ जना सभासद्हरूले आफ्नो दलका तर्फबाट मन्त्री बनाइएका चारजना मन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र आज दर्ता गराउनुभएको छ ।