१ डिसेम्बर, २००८
हत्याकाण्डबारे छानविन गर्न भिन्नाभिन्नै आयोग गठन
पोखरान्युज डट कम डट एन्पी
काठमाण्डौ

१६ मंसिर, काठमाण्डौ/ सरकारले हालै भएका दुइवटा हत्याकाण्डाबारे छानविन गर्न छुट्टा-छुट्टै उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । धादिङको मलेखुबाट अपहरण गरी हत्या गरिएको भनिएका काठमाडौँ जिल्ला स्युचाटार निवासी निर्मल पन्त र पुष्कर डङ्गोलका सम्बन्धमा तीन सदस्यीय न्यायिक जाँचबुझ आयोग गठन गरिएको छ । आयोगका अध्यक्षमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी तथा सदस्यमा प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रप्रताप शाह र पुनरावेदन सरकारी वकिलको कार्यालय, पाटनका सहन्यायाधिवक्ता ऋषिराम दवाडी हुनुहुन्छ ।

सो घटनाका कारण र घटनामा संलग्न व्यक्तिका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही र पीडित पक्षलाई उचित राहत उपलब्ध गराउने सम्बन्धमा काम सुरु गरेको एक महिनाभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम सो आयोग गठन गरिएको गृह मन्त्रालयले हिजो जनाएको छ । यसैगरी ताहाचल निवासी आशीष मानन्धर र रितेश रौनियारको हत्यासम्बन्धमा सो घटनाका कारण र घटनामा संलग्न व्यक्तिहरूका बारेमा न्यायिक जाँचबुझ गरी सत्यतथ्य पत्ता लगाई दोषीउपर कारबाही सिफारिससहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्नेगरी सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन सदस्यीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । सो आयोगका अध्यक्षमा पुनरावेदन अदालतका पूर्व न्यायाधीश बोधरीराज पाण्डे तथा सदस्यमा प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णप्रसाद श्रेष्ठ र सह-न्यायाधिवक्ता प्रेमराज कार्की हुनुहुन्छ ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....