१६ मङ्सिर,म्याग्दी/ नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले जस्को सरकार आएपनि चमत्कारीक रुपमा उसले परिबर्तत ल्याउन नसक्ने बताउदै नयाँ नेपाल बनाउको लागि नेपाली युवाहरु आफै गाउँ गाउँबाट जुट्नु पर्ने बताउनु भएको छ । म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रममा सभासद थापाले उक्त कुरा बताउनु भएको हो । बालाचतुर्दशी तथा गलेश्वर बिषेश मेलाको समापनको अबसरमा आयोजित पुरस्कार बितरण कार्यक्रममा सम्बोधन गर्दै थापाले नेपालका राजनैतिक संस्थाहरु हुन या गैर राजनीतिक संस्थाहरु हुन देश बिकासका क्रममा एक हुन नसकेका र समय समयमा फुट्ने गरेकाले नेपाली एक हुन नजान्ने समाजका रुपमा बिकास हुदै गएको अबस्थामा युवाहरु आपसमा समुह भाबनाको बिकास गरी नयाँ नेपालको लागि खट्नु पर्ने बताए ।
युवा नेता थापाले राज्य चलाउने महत्वपुर्ण पार्टिहरु सत्तामा रहेको बेलामा फुट्ने रोगका कारण सरकार जोगाउनको लागी बिकास योजनाहरु पछि पर्ने गरेको बताउदै हालको सत्तासिन माओबादी नफुटोस भन्ने सुभकामना ब्यक्त गरेका थिए । सभासद थापाले युवाहरु जुट्नेहो भने आफ्नै प्रयासमा नयाँ नेपाल बनाउन सकिन्छ जस्को सुरुवातका लागी आ-आफ्नो गाउ आफै बनाउन कस्सीनु पर्छ कसैले गर्दिने वाला छैनू बताएका थिए । गलेश्वर शिवालय क्षेत्रलाई धार्मीक पर्यटनको संगसंगै आन्तरीक पर्यटन बिकासको लागी स्थानीय युवाहरु आफै प्रयास गर्नु पर्ने बताएका थिए ।
जसकालागी बेनी गलेश्वर सडक पिचको गर्नु पर्ने र उक्त कार्यको लागी सरकारको मुख नताकी आफै जुट्न सुझाब दिदै आफुले संबिधान सभा सभासद भए बापत प्राप्त हुने एक महिनाको पारिश्रमीक उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । थापाले धार्मीक एबं ऐतिहासिक महत्व राख्ने कालीगण्डकीलाई गत हप्ता मुक्तिनाथ बाबा कमलनयनाचार्यले सुरु गरेको सरसफाई अभियानलाई सहयोग गर्न समेत आग्रह गरेका थिए ।