१ डिसेम्बर, २००८
सत्तारुढ दलको बैठक सम्पन्न
पोखरान्युज डट कम डट एन्पी
काठमाडौँ

काठमाडौँ, १६ मङ्सिर/ सत्ता साझेदार प्रमुख तीन राजनीतिक दल नेकपा -माओवादी नेकपा -एमाले र मधेसी जनाधिकार फोरमका शिर्ष नेतृत्वको आज बसेको बैठकले आगामी दिनमा राज्य सञ्चालनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नतामा उहाँको निवास बालुवाटारमा आज बिहान करिब डेढ घण्टा बसेको सो बैठकमा शान्तिसुरक्षा एवम् सरकारको वर्तमान कार्यशैलीका बारेमा विचारविमर्श गरी आगामी दिनमा सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्रको निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि नेकपा -माओवादीका वरिष्ठ नेता मोहन वैदकिरणले दिनुभएको जानकारी अनुसार सत्तारुढ दलहरुबीचको साझा कार्यशैली र संयन्त्रलाई चुस्त दुरुस्त बनाउनुका साथै सेना समायोजनसम्बन्धी उच्चस्तरीय समितिलाई पुर्णता दिई काम सुरु गर्ने सम्बन्धमा छलफल भएको थियो । सेना समायोजनका लागि नेपाली काङ्ग्रेसलाई पनि समेट्नुपर्ने विषयमा बैठकमा छलफल भएको बताउँदै नेता वैद्यले नेपाली काङ्ग्रेसलाई समेत सहभागी गर्राई भोलि प्रमुख चार दलको बैठक बस्ने र त्यसले सेना समायोजनसम्बन्धी समितिमा काङ्ग्रेसको सहभागिताका बारेमा निर्णयगर्ने जानकारी दिनुभयो ।

बैठकमा सरकारका कामकारबाहीलाई चुस्त बनाउन सत्तारुढ दलहरुबीचको संयन्त्रलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र शान्ति सुरक्षाको विषयलाई उच्च प्राथमिकता साथ कार्यान्वयनमा ल्याउनुपर्नेमा पनि जोड दिइएको थियो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, वरिष्ठ नेता मोहन वैद्य किरण, नेकपा -एमालेका महासचिव झलनाथ खनाल र नेता भरतमोहन अधिकारी तथा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव रहनुभएको थियो ।


Post your comments here
समाचार
काठमाडौ,२२ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्कका एचआइभी/एड्स तथा क्षयरोगका लागि सद्भावना राजदूत शवाना आज्मीले एचआइभी/एड्स तथा क्षयरोग नियन्त्रणका ...
२२ पुस, काठमाण्डौ/ मधेसी जनअधिकार फोरमभित्र विबाद चर्किएपछि असन्तुष्ट समुहले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाइ हटाउन प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेको छ । असन्तुष्ट समुहले...
काठमाडौं, २२ पुस/ प्याराग्लाइडिङ उद्‍घाटन गर्न ललितपुरको कोटडाँडा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका वरिष्ठ व्यक्तिहरू आकाशमा नउडी फर्केका छन्। प्याराग्लाइडिङ उद्‍घाटन पश्चात...
काठमाडौं, २२ पुस/ सत्तारूढ तेस्रो ठूलो दलका ३८ सभासदले आफ्ना पार्टीका सबै मन्त्रीलाई सरकारबाट फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा मंगलबार अपराह्न ज्ञापनपत्र बुझाएका छन् ।
२२ पुष,काठमाडौं/ लोडसेडिङ्गका कारण केन्द्रीय सदस्यहरुले राजनीतिक प्रतिवेदन पढ्न नसकेको भन्दै समय थप गर्न माग गरेपछि सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटिको बैठक मंगलबार....
पोखरा, २२ पुस/सरकारले भौतिक पुर्वाधार निर्माणमा लागनी कम गरेपछि सडक विभाग अर्न्तगतको यान्त्रिक कार्यालयका उपकरणहरु प्रयोगविहीन बनेका छन् । पाँचवर्षयता सरकारले पुर्वाधारमा....