१ डिसेम्बर, २००८
पत्रकार हत्याको विरोधमा र्‍याली र ज्ञापनपत्र
पोखरान्युज डट कम डट एन्पी
डडेल्धुरा

डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कालोपट्टी बाँधेर नारा जुलुससहित तूफानडाँडाबाट निकालिएको मोटरसाइकल र्‍यालीले जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएको थियो ।

घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, हत्याराको खोजी गरी कारबाही हुनुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्नेलगायतका मागसहितको सो ज्ञापनपत्र नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाका सचिव लालबहादुर ऐरीले प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायलाई बुझाउनुभएको थियो । सो टोलीमा जिल्लास्थित सञ्चारकर्मी, मानवअधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


Post your comments here
समाचार
लहान,२१ पुस/ केही वर्षअगाडि हरियो वनको रूपमा रहेको राष्ट्रिय वन मधेस आन्दोलन पछि अतिक्रमणको चपेटामा पर्दा दयनीय अवस्थामा पुगेकोमा आज लहानमा आयोजित एक कार्यक्रममा...
पोखरा, २१ पुस्/पर्यटन क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमनमा देखिएको सुधारसँगै पर्यटन क्षेत्रमा लगानी बृद्धि भएको हो । द्धन्द्ध शान्तिमा रुपान्तरण भएपछि आन्तरिक तथा बाहृय.....
२१ पुष, काठमाडौं/ साना दल र स्वतन्त्र सभासदसँग छात्रवृत्ति विधेयकमा सहमति जुट्न नसकेका कारण सोमबार बिहान ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संविधानसभाको बैठक तीन....
२१ पुस, काठमाण्डौ/ नेकपा माओवादीको सैन्य संगठन जनमुक्ति सेनाले आफ्ना सेनालाइ पनि नेपाली सेना सरह सेवा र सुविधाको प्रदान गर्न सरकारसँग आग्रह गरेको छ । राजधानीको नयाँ बजारमा...
The new US embassy in Baghdad is due to be officially opened, with a dedication service led by Ambassador Ryan Crocker. Security will...
A Greek riot policeman has been seriously injured by two men with Kalashnikov automatic weapons in central Athens, officials say.