२८ अगष्ट, २००८
एक हजार करोड रुपैया नगद र सवा लाख टन अन्न सहयोगको घोषणा
पोखरान्युज डट कम डट एन्पी
पोखरा

१२ भदौ, बिहार/ भारतीय प्रधानमन्त्री मनमोहन सिंहले सप्तकोशीको बाढीबाट भएको बिहारको क्षति राष्ट्रिय बिपत्ति भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आज बिहार क्षेत्रको हवाई निरिक्षणको क्रममा बिहार राज्य सरकारलाई एक हजार करोड रुपैया नगद र सवा लाख टन अन्न सहयोगको घोषणा गर्नुभयो । उहाँले आज बिहारको बाढी प्रभावित क्षेत्रको हवाई निरिक्षण गर्दैहुनुहुन्छ । सप्तकोशीको बाढीले बिहारको १५ जिल्ला प्रभावित भएको छ । प्रभावित १५ जिल्लामध्ये रुपौल,सहरसा,अररीया र मधेपुरा अति प्रभावित रहेको छ । बाढीबाट बिहारको २० लाख जनसंख्या प्रभावित भएको र लाखौ मानिस घरबारबिहिन भएका छन । पछिल्लोपटक नौ जनाको मृत्युभएपछि बाढीबाट मर्नेहरुको संख्या त्यहा ५५ पुगेको छ ।
नेपालतर्फको बाँध फुटेर दुइ सय बर्ष अघिको बाटोमा सप्तकोशी बग्न थालेपछि त्यहाको बस्ती क्षेत्रमा उठीवास लागेको हो । भारतीय समाचार संस्था पिटिआईले बिस्थापितहरुले रेल्वे स्टेशनहरु लगायत बिभिन्न सार्वजनिक भवनहरुमा शरण लिईरहेको उल्लेख गरेको छ । त्यसैगरी अझै दशौ हजार जनता बाढीमा फसिरहेको तथा उद्धारको प्रतिक्षा गरिरहेको तर खराव मौसमको कारण सेनाको हेलिकोप्टरलाई राहत-उद्धारको लागि कठिनाई भएको बताईएको छ । हिजो मात्र बिहारका मुख्य मन्त्री नीतिशकुमारले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेटी एक हजार करोड रुपैया र एक लाख टन खाद्यान्न सहयोगको माँग गर्नुभएको थियो ।
 


Post your comments here
समाचार
पोखरा, १६ मंसिर/नेपाल आदर्श आवासिय विद्यालय एघारौं प्याब्सन स्पोर्टस मिट अर्न्तर्गत छात्र तर्फो फुटबलको उपाधि नजिक पुगेका छन् । सोमबार पोखरा रंगशालामा सम्पन्न सेमिफाइनलमा लोट्स एकेडेमीलाई २-० ले पराजित गर्दै उपाधि निकट पुगेको हो ।
१६ मङ्सिर,काठमाडौं/ प्रमुख तीन दलहरूबीच एक दुई दिनभित्रै सरकार सञ्चालनका लागि बन्ने उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिने सहमति भएको छ । सोमबार प्रधानमन्त्री निवास ...
१६ मंसिर, चितवन/ हात्तीपोलो खेलको २७ औ अन्तर्राष्ट्रिय प्रतियोगिता औपचारीक रुपमा आजबाट चितवनको मेघौलीमा शुरु भएको छ । टाईगर टप्स जङ्गल लज प्रा.लिको आयोजनामा हरेक बर्ष ....
लहान, १६ मङ्सिर/ आइतबार राति सिरहा जिल्लाको सिलोर्वा पछवारी गाविस- ८ मा सशस्त्र समूह र गाउँलेहरुको बीचमा भिडन्त हुँदा दुइ जनाको मृत्यु भएको छ । मधेसी मुक्ति टाइगर्सका पाँच-सात....
डडेल्धुरा, १६ मङ्सिर/ कैलालीका पत्रकार जेपी जोशीको हत्याको विरोधमा आज नेपाल पत्रकार महासङ्घ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमार्फ प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
१६ मंसिर, इटहरी/ संघीय लिम्बूवान परिषद्का कार्यकर्ताहरुले सभाध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गलाई डेढघण्टादेखि नियन्त्रणमा लिएर छोडेका छन् । आफूले अध्ययन गरेको इलामको आदर्श नमुना ...