कोलम्बो, १२ भदौ । पुर्वी श्रीलंकामा सैन्य तालिममा रहेका प्रशिक्षार्थीहरु विषाक्त खानाका कारण असक्त भएपछि उपचार्रार्थ अस्पतालमा भर्ना गरिएको श्रीलंकाली सेनाले आज जनाएको छ । राष्ट्रिय सुरक्षाका लागि संचार केन्द्रका अधिकारीहरुले पुर्वी अम्पारा जिल्लाको हेनानिगाला सैन्य प्रशिक्षण शिविरमा कार्यरत ती सैनिकहरु विषाक्त भोजनको सेवनपछि विरामी भएको बताएका छन् । घटनापछि थप अनुसन्धान शुरु गरिएको ती अधिकारीहरुले बताएका छन् । देशको पुर्वी प्रान्तमा पर्ने यो अम्पारा जिल्लामाथि गत वर्षो जुलाईमा सरकारी सेनाले तमिल टाइगरको हातबाट खोसेर पुनः आफ्नो नियन्त्रणमा लिएको थियो ।
