४ मङ्सिर,अमेरिका/ अमेरिकामा फेरी अर्की नेपाली युबतीको दुर्घटनामा मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया इन्टरन्याशनल युनिभर्सिटी भर्जिनिया राज्यमा अध्ययनरत काठमाडौं हाँडिगाउँकी कृतिका सिंहको सोमबार राति मोटर दुर्घटनामा परी मृत्यु भएको हो । भर्जिनियाको भियना नजिकै राती कामबाट कोठामा फर्किरहेका बेला उक्त दूर्घटना भएको थियो । सिंहको साथमा रहेका अर्का एक नेपाली भने सकुशल रहेका थिए । करिव दुइ वर्षअघि अध्ययनका क्रममा अमेरिका आइपुगेकी कृतिका सिंहका पिता केशबबहादुर सिंहले आफ्नी छोरीको शब काठमाडौं पठाउन अनुरोध गर्नुभएको छ । मृतकको शब काठमाडौं पठाउनका लागि स्थानीय संघसंस्था तथा सर्वसाधरण सम्पूर्ण नेपालीहरुलाई सहयोग गर्न पिता केशबबहादुर सिंहले आग्रह गर्नुभएको छ ।