१९ नोभेम्बर, २००८
पुर्व ताइवानी राष्ट्रपतिलाई जेल फर्काइयो
पोखरान्युज डट कम डट एन्पी
ताइपेइ

ताइपेइ, ४ मङ्सिर/ भ्रष्टाचारको आरोपमा मुछिएका पुर्व ताइवानी राष्ट्रपति चेन शुइ वियनलाई बुधबार अस्पतालबाट फर्काएर पुनः हिराशत केन्द्र लगिएको छ । आठ दिनदेखि भोक हडतालमा रहेका चेनलाई मुटुको ढुकढुकी अनियमित बनेपछि अस्पताल लगिएको थियो । बुधबार एम्बुलेन्सबाट अस्पताल निस्कँदा उनका दर्जनौं र्समर्थकहरूले बिगुल बजाएका थिए । बुधबार बिहान डाक्टरहरूले चेनको स्वास्थ्यमा देखिने गरी सुधार आएको तर चेनले खानेकुरा खान अझै अस्वीकार गरेको बताएका थिए । भोक हडतालमा उत्रेको चारौं दिन जलवियोजन भएपछि आइतबार चेनलाई अस्पताल पुर्‍याइएको थियो ।


Post your comments here
समाचार
इनरुवा, २२ पुस । सप्तकोसी नदीले क्षति पुर्‍याएको भारतको कटैयादेखि सुनसरी जिल्लाको पश्चिम कुसाहाको सबस्टेसन प्रसारण लाइनको १३२ किलोभोल्ट विद्युत् प्रसारणअर्न्तर्गतको टावरको पुनःनिर्माण कार्य थालिएको छ ।
सोफिया, बुल्गेरिया, २२ पुस । बुल्गेरिया, ग्रीस, मेसेडोनिया र र्टर्कीमा हुँदै आएको रुसी ग्यास आपूर्ति गए रातिबाट बन्द गरिएको बुल्गेरियाली वित्त तथा उर्जा मन्त्रालयले जनाएको छ ।
घोराही (दाङ), २२ पुस । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले एक हप्ताभित्र श्रमजीवी पत्रकार नियमावली लागु गरिने जानकारी दिनुभएको छ ।
परासी, २२ पुस । नवलपरासी जिल्लाको जुमनिया गाविस, वडा नं. ८ बाट दाउन्नेदेवी गाविस, वडा नं. ९ का खलीलउल्ला अन्सारी भनिने व्यापारी नाटे मिलालाई अपहरण गरी लैजाने क्रममा प्रहरीले दुइ  थान कटुवा पेस्तोलसहित सातजनालाई आज पक्राउ गरेको छ ।
कोलम्बो, २२ पुस । श्रीलङ्कामा नीजि क्षेत्रद्वारा सञ्चालित एक टेलिभिजन स्टेशनमा सशस्त्र व्याक्तिहरुको एक समूहले आक्रमण गर्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
मनिला, २२ पुस । फिलिपिन्सको राजधानी मनिलास्थित इजरायली राजदूतावास बाहिर प्रदर्शन गरिरहेका सयौं प्रदर्शनकारीले गाजामा भइरहेको यहुदी अतिक्रमणलाई अन्त्य गर्न माग गरेका छन् ।